News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको बागमती प्रदेश छनोटमा ललितपुरले काठमाडौंलाई ६ विकेटले पराजित गर्दै च्याम्पियन बनेको छ।
- ललितपुरले काठमाडौंले दिएको २११ रनको लक्ष्य ३८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गरेको छ।
- विवेक रानामगरले अविजित ७३ रन बनाए भने सन्दीप पराजुलीले २ विकेट लिए।
३ चैत, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटको बागमती प्रदेश छनोटमा काठमाडौंलाई हराउँदै ललितपुर च्याम्पियन बनेको छ । मंगलबार भएको फाइनल खेलमा काठमाडौंलाई ६ विकेटले पराजित गर्दै ललितपुर च्याम्पियन बनेको हो ।
काठमाडौंले दिएको २११ रनको लक्ष्य ललितपुरले ३८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । ललितपुरको जितमा विवेक रानामगरले अविजित ७३ रन बनाए । उनले ८० बलमा ५ चौका र २ छक्का प्रहार गरे ।
सचिन लेखक ६३ रनमा आउट हुँदा रोनिम तिवारी ३२ रनमा रोकिए । बलिङतर्फ सन्दीप पराजुलीले २, इशान पाण्डे र धिरज देउवाले एक/एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौं ४८ ओभर ४ बलमा २१० रनमा समेटिएको थियो । काठमाडौंका लागि कप्तान इशान पाण्डेले सर्वाधिक ४४ रन बनाए ।
रित गौतम ४२, सम्राट शाह २९, सोनु देवकोटा २३ र प्रतिश जिसीले २२ रनको योगदान दिए । बलिङमा ललितपुरका सूर्य तामाङ, विवेक यादव र सचिन लेखकले दुई/दुई तथा पंकज पाण्डे र तिलकराज भण्डारीले एक/एक विकेट लिए ।
प्रतिक्रिया 4