News Summary
Generated by OK AI. Editorially reviewed.- एसियन फुटबल कन्फेडेरेसनको डिसिप्लिनरी तथा इथिक्स कमिटीले मलेसियाले नेपाल र भियतनामविरुद्धको खेलमा अयोग्य खेलाडी खेलाएको ठहर गरेको छ।
- मलेसियाले एएफसी डिसिप्लिनरी तथा इथिक्स कोडको आर्टिकल ५६ उल्लंघन गरेको र २०२५ को मार्च २५ र जुन १० को खेल मलेसियाले गुमाएको छ।
- नेपाल र भियतनामले मलेसियालाई ३-० ले हराएको मानिनेछ र मलेसियालाई ५० हजार अमेरिकी डलर जरिवाना गरिएको छ।
३ चैत, काठमाडौं । मलेसिया फुटबल संघले दुई खेलमा अयोग्य खेलाडी खेलाएको ठहर भएको छ । एसियन फुटबल कन्फेडेरेसनको डिसिप्लिनरी तथा इथिक्स कमिटीले एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत नेपाल र भियतनामविरुद्धको खेलमा मलेसियाले अयोग्य खेलाडी खेलाएको ठहर गरेको हो ।
मलेसियाले एएफसी डिसिप्लिनरी तथा इथिक्स कोडको आर्टिकल ५६ उल्लंघन गरेको डिसिप्लिनरी तथा इथिक्स कमिटीको ठहर छ । योसँगै २०२५ को मार्च २५ मा नेपाल र जुन १० मा भियतनामबिचको नतिजा मलेसियाले गुमाएको छ ।
नेपाल र भियतनामले समान ३-० ले मलेसियालाई हराएको मानिनेछ । यसअघि मलेसियाले नेपाललाई २-० र भियतनामलाई ४-० ले पराजित गरेको थियो ।
योसँगै नेपालले ५ खेलबाट पहिलो अंक जोडेको छ । एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत समूह एफमा रहेको नेपालले पहिलो ३ अंक पाएको हो । यस्तै इथिक्स कमिटीले मलेसियालाई ५० हजार अमेरिकी डलर जरिवानासमेत गरेको छ ।
प्रतिक्रिया 4