+

राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा चेतन घिमिरे र बालगोपाल साहुखल

२०८२ चैत  ३ गते ११:५० २०८२ चैत ३ गते ११:५०
राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा चेतन घिमिरे र बालगोपाल साहुखल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको सहायक प्रशिक्षकमा बालगोपाल साहुखल र चेतन घिमिरे नियुक्त भएका छन् ।
  • अखिल नेपाल फुटबल संघले चैत १२ गते हङकङ विरुद्ध हुने खेलका लागि साहुखल र घिमिरेलाई सहायक प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।
  • एन्फाले मदनलाल श्रेष्ठलाई व्यवस्थापक, राजिव कुमार यादवलाई सहायक व्यवस्थापक र पंकज शाही फरफरमेन्स एनालिस्ट नियुक्त गरेको छ ।

३ चैत, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको सहायक प्रशिक्षकमा बालगोपाल साहुखल र चेतन घिमिरे नियुक्त भएका छन् ।

यही चैत १२ गते हङकङ विरुद्ध हुने खेलका लागि अखिल नेपाल फुटबल संघले साहुखल र घिमिरेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको छ ।

अहिले भइरहेको राष्ट्रिय लिगमा साहुखलले सातदोबाटो युथ क्लब र घिमिरेल नेपाल पुलिस क्लबको प्रशिक्षण सम्हालिरहेका छन् ।

अब यी दुईले नवनियुक्त मुख्य प्रशिक्षक इटालियन गुग्लिएल्मो एरेनालाई सघाउनेछन् ।

यसैगरी मदनलाल श्रेष्ठ व्यवस्थापक, राजिव कुमार यादव सहायक व्यवस्थापक र पंकज शाही फरफरमेन्स एनालिस्ट नियुक्त भएको एन्फाले जनाएको छ ।

उनीहरुलाई मंगलबार एन्फा मुख्यालयमा एन्फा महासचिव किरण राईले नियुक्ति पत्र प्रदान गरे ।

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुनेछ । उक्त खेलमा लागि मुख्य प्रशिक्षक एरेनाले प्रारम्भिक प्रशिक्षणमा ४९ खेलाडीलाई बोलाएका छन् ।

नेपाली फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय