+

जय ट्रफी फाइनल : टस हारेपछि पुलिसविरुद्ध आर्मीले पहिला ब्याटिङ गर्दै

२०८२ चैत  ३ गते १२:०८ २०८२ चैत ३ गते १२:०८
जय ट्रफी फाइनल : टस हारेपछि पुलिसविरुद्ध आर्मीले पहिला ब्याटिङ गर्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जय ट्रफी एलिट कपको फाइनलमा नेपाल पुलिस क्लबले टस जितेर बलिङ रोजेको छ र त्रिभुवन आर्मी क्लबले पहिला ब्याटिङ गर्ने भएको छ ।
  • फाइनल खेल तीन दिवसीय हुनेछ र चार टोलीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा आर्मी र पुलिस शीर्ष दुईमा रहँदै फाइनल पुगेका हुन् ।
  • जय ट्रफी फाइनलको मिति दुई पटक परिवर्तन भएको हो ।

३ चैत, काठमाडौं । जय ट्रफी एलिट कपको फाइनलमा नेपाल पुलिस क्लबले टस जितेर बलिङ रोजेपछि त्रिभुवन आर्मी क्लबले पहिला ब्याटिङ गर्ने भएको छ ।

मुलपानी क्रिकेट मैदानमा पुलिसका कप्तान आरिफ शेखले टस जितेर बलिङ रोज्दै आर्मी ब्याटिङको निम्तो दिएका हुन् ।

फाइनल खेल तीन दिवसीय हुनेछ । यसअघि लिग चरणको खेल दुई दिनको भएको थियो । चार टोलीले प्रतिस्पर्धा गरेको जय ट्रफीमा सिंगल राउण्ड रोविनको खेलपछि आर्मी र पुलिस शीर्ष दुईमा रहँदै फाइनल पुगेका हुन् ।

लिग चणमा आर्मीले पुलिसलाई ९ विकेटले पराजित गरेको थियो । फाइनलमा पुलिस त्यसको बदला लिने लक्ष्यमा छ ।

जय ट्रफी फाइनलको मिति दोस्रो पटक परिवर्तन भएको हो ।

यसअघि फागुन १७ देखि १९ सम्म फाइनल खेल हुने तय थियो । तर २१ फागुनको निर्वाचन र फागुन २६ देखि हुने तय भएको लिग २ सिरिजका लागि जय ट्रफी फाइनल खेल एक महिना पछाडि सार्दै चैत २१ देखि २३ सम्म खेलाइने भएको थियो । तर, मध्यपूर्व युद्धका कारण लिग २ सिरिज नै स्थगित भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले जय ट्रफी फाइनल अघि सारेको हो ।

तस्बीर: क्यान

जय ट्रफी एलिट कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय