+

राष्ट्रिय लिग : लगातार चार बराबरीपछि लालिगुराँसको रोमाञ्चक जित

२०८२ चैत  २ गते २०:०९ २०८२ चैत २ गते २०:०९
राष्ट्रिय लिग : लगातार चार बराबरीपछि लालिगुराँसको रोमाञ्चक जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लालिगुराँस एसोसिएसन क्लबले राष्ट्रिय लिग फुटबलमा प्लानिङ ब्वाइज युनाइटेडलाई ३-२ ले पराजित गरेको छ ।
  • आशिष गुरुङले खेलको अन्त्यतिर गरेको गोलले लालिगुराँसलाई छैटौं जित दिलाएका हुन् ।
  • लालिगुराँसले १२ खेलबाट २४ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ र अपराजित यात्रा कायम राखेको छ ।

२ चैत, काठमाडौं । लालिगुराँस एसोसिएसन क्लबले राष्ट्रिय लिग फुटबलमा प्लानिङ ब्वाइज युनाइटेडमाथि ३-२ को रोमाञ्चक जित हात पारेको छ ।

आशिष गुरुङले खेलको अन्त्यतिर गरेको गोलमा कास्कीको लालिगुराँसले जित हात पारेको छ ।

लालिगुराँसले लगातार चार बराबरीपछि पहिलो जित हात पारेको हो । सातौं चरणमा सुर्खेतको कांक्रेविहार क्लबलाई ४-१ ले पराजित गरेपछि लालिगुराँसले लगातार ४ खेल बराबरी खेलेको थियो ।

त्यसपछि लालिगुराँसले फ्रेण्ड्स, संकटा, एनआरटी र मनाङ मर्स्याङ्दी क्लबसँग बराबरी खेलेको थियो ।

छैटौं जितपछि १२ खेलबाट २४ अंक जोडेर लालिगुराँस अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ । मछिन्द्र एफसी र एपीएफ एफसी भन्दा लालिगुराँस १ अंकले मात्र पछि छ ।

लालिगुराँसले १२ खेलसम्म अपराजित यात्रा कायम राखेको छ । लालिगुराँसले ६ खेल जित्दा ६ खेलमा बराबरी खेलेको छ ।

१२ खेलबाट २२ अंक रहेको प्लानिङ चौथो स्थानमा झरेको छ । प्लानिङको यो दोस्रो हार हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा राज भुषालले २०औं र अकोएटो जुनियर डोनोउले २४औं मिनेटमा गोल गरेपछि लालिगुराँसले पहिलो हाफमै २-० को अग्रता लिएको थियो ।

तर दोस्रो हाफमा प्लानिङले लगातार दुई गोल गर्दै खेलमा फर्किएको थियो । प्लानिङका रोमन भुजेलले ५७औं र साहिल केसीले ७३औं मिनेटमा गोल गरेपछि खेल रोमाञ्चक स्थितीमा पुगेको थियो ।

तर वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका आशिष गुरुङ निर्णायक बनेपछि लालिगुराँसले ३ अंक जोड्यो । आशिष ६४औं मिनेटमा लक्षु थापाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यस्तै सोमबार एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लबले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । अरुण लामाले १७औं र फोडे फोफानाले २६औं मिनेटमा गोल गर्दे सातदोबाटोलाई पहिलो हाफमै २-० को अग्रता दिलाएका थिए । तर पुलिस दोस्रो हाफमा खेलमा फर्कँदै दुई गोल गर्‍यो । पुलिसका धिरेन्द्र बहादुर शाहले ७५औं र सुबास थारुले इन्जुरी टाइमको नवौँ मिनेटमा गोल गरेका थिए ।

बराबरीपछि पुलिस र सातदोबाटोको ११ खेलबाट समान ९ अंक भएको छ । पुलिसको तेस्रो र सातदोबाटोको छैटौं बराबरी हो । पुलिस १३औं र सातदोबाटो १४औ स्थानमै यथावत छ ।

 

राष्ट्रिय लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय