+

एचजेएनबीएल : टाईम्सको तेस्रो जित

२०८२ चैत  ३ गते २३:३१ २०८२ चैत ३ गते २३:३१
एचजेएनबीएल : टाईम्सको तेस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टाइम्स इन्टरनेसनलले हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ मा सोलो बास्केटबल क्लबलाई ८८-७५ ले पराजित गरेको छ।
  • टाइम्सका कप्तान सदिश प्रधानले २२ अंक बनाएर म्यान अफ दि म्याच घोषित भएका छन्।
  • लिगमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् र शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्।

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स इन्टरनेसनल क्लबले तेस्रो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको खेलमा  टाईम्सले सोलो बास्केटबल क्लबलाई ८८-७५ ले पराजित गरेको हो ।

टाईम्सले पहिलो क्वाटरमा २३-१२ र दोस्रो क्वाटरमा २४-१६ को अग्रतासहित हाफ टाईमसम्म ४७-२८ को अग्रता बनाएको थियो ।

त्यसपछि सोलोले पुनरागमन गर्ने प्रयास गरेपनि सफल भएन । सोलोले तेस्रो क्वाटरमा २३-२० र चाैथो क्वाटरमा २४-२१ को अग्रता बनाएपनि हार टार्न पर्याप्त भएन ।

टाइम्सका कप्तान सदिश प्रधानले सर्वाधिक २२ अंक स्कोर गरे । सदिश म्यान अफ दि म्याच घोषित भए ।

चार खेलमा तीन जित र एक हारपछि ७ अंक जोडेर टाइम्स दोस्रो स्थानमा उक्लेको छ । समान अंक भएपछि विभागीय टोली त्रिभुवन आर्मी शीर्ष स्थानमा छ ।

आर्मीले सोमबार राती सम्पन्न खेलमा कीर्तिपुरलाई ९२-७८ ले पराजित गर्दै तेस्रो जित हात पारेको थियो ।

आर्मीले ३१-२३, २८-१०, २२-१९, ११-२६ मो प्रदर्शन गरेको थियो । आर्मीका निश्चल महर्जनले २२ अंक स्कोर गरे ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।

तस्बीर: एचजेएनबीएल

हिमालयन जाभा नेसनल बास्केटबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय