+

राष्ट्रिय महिला लिग : एपीएफलाई चुनाैती दिन तयार अन्य टोली

२०८२ चैत  ३ गते २३:२३ २०८२ चैत ३ गते २३:२३
राष्ट्रिय महिला लिग : एपीएफलाई चुनाैती दिन तयार अन्य टोली

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एन्फा महिला लिगमा ९ टोली प्रतिस्पर्धा गर्नेछन् जसमा एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस उपाधिका मुख्य दाबेदार हुन् ।
  • संकटा क्लबले विदेशी खेलाडी सहित विभागीय टोलीलाई चुनाैती दिने तयारी गरेको छ ।

४ चैत, काठमाडौं । एपीएफ महिला फुटबलमा बलियो टोलीको रुपमा स्थापित बनेको लामो समय भईसकेको छ ।

घरेलु महिला फुटबलमा बिरल‌ै मात्र अन्य टोलीले एपीएफलाई चुनाैती दिन गरेको छ ।

तर भोलीदेखि च्यासल रंगशालामा सुरु हुने एन्फा महिला लिगमा भने एपीएफको दबदबालाई तोड्ने अन्य टोलीहरु तयार छन् ।

विभागकै त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसहित संकटा क्लबले एपीएफलाई चुनाैती दिनेगरी तयारी गरेका छन् ।

महिला लिगमा तीन विभागीय टोलीसहित कूल ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

एपीएफ, नेपाल पुलिस क्लब र आर्मी नै उपाधिको मुख्य दाबेदारको रुपमा छन् भने संकटा क्लबले पनि तीन विभागलाई उपाधि होडमा चुनाैती दिने अपेक्षा छ ।

यसअघि कूल १० टोलि सहभागी हुने भनिएपनि राप्ती एफसी सहभागी नहुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुरुमा १० टोलीसहितको खेलतालिका सार्वजनिक गरेपनि पछि क्लबहरु विरोध जनाएपछि राप्तीलाई सहभागी नगराउने निर्णय गरेको हो । राष्ट्रिय लिगमा छनोट भएको वालिङ नगरपालिकाले लिग नखेल्ने भएपछि एन्फाले सुरुमा राप्तीलाई समावेश गरेको थियो ।

सहभागी क्लबका प्रशिक्षक र कप्तानहरु के भन्छन्?

नेपाल पुलिस क्लब

रविन श्रेष्ठ : सहायक प्रशिक्षक रविन श्रेष्ठ

टिमको समग्र तयारी हेर्दा विभागीय टिम भएकोले वर्षभर तयारी हुन्छ । राम्रै तयारी छ । यसमा उपाधिकै लागि खेल्छाैँ त्यो बाहेक विकल्प छैन ।

अहिले नयाँ क्लबहरु पनि कम्पिटेटिभ हुँदैछ ।

लिगमा तीन विभागको प्रतिस्पर्धा हुन्छ । एपीएफले गत सिजन लगातार जितिरहँदा पुलिसले नै ब्रेक गरेको हो ।पहिला पनि जितेको हो ।

यस पटक हामीले सविना चाैधरी, बिर्सना चाैधरी, सुष्मा तामाङ र मिना देउवा गरी चार जना राखेका छाैँ । टिम राम्रो बनेको छ ।

त्रिभुवन आर्मी

राजु तामाङ : मुख्य प्रशिक्षक

तयारी एकदम राम्रो भईराछ खेलाडीहरु पूर्ण फिटमा छन्। यो पटक उपाधिका लागि खेल्नेछाैँ ।

चुनाैती मैदानमा दिने हो । एपीएफसँग मैदानमा जति खेल्याै पूर्ण रुपमा एपीएफले डोमिनेट गरेको अवस्था छैन ।

यसपटक बलियो मानसिकता छ । विगतको गल्ती नदोहोर्याउने गरि खेल्छाैँ ।

हाम्रो तयारी यसपटक स्कोरिङमै केन्द्रित छ । विगतमा हेर्दा उदयपुरको गेममा पनि स्कोरिङमा राम्रो गर्न सकेन ।

अमिसा कार्की खेलको बेला आउनुहुन्छ ।

विदेशी बारे अफिसियल्ली कुरा भाछैन ।

गोलकिपिङमा पनि फोकस गरेका छाैँ । उदयपुरमा लिला जोशीलाई खेलाएको थियाैँ तर छनोटमा खेलेको खेलाडी नै राष्ट्रिय लिगमाखेल्ने नियम रहेकोले लिला अहिले चर्च ब्वाईज जानुभयो । हामीसँग भाको कोपिला र कविता राम्रो छ । अवसर पाए राम्रो गर्छ भन्ने आशा छ । चुनाैती त छ हुन्छ नै ।

सुनिता चाैधरी (कप्तान) : टिम राम्रो छ जितकै लागि खेल्ने हो ।

एपीएफ क्लब

जिवेश पाण्डे : मुख्य प्रशिक्षक

भोलीबाट हुने लिगमा हामी तयारी शारीरिक मानसिक दुवैमा तयार छाैँ । खेलाडीहरु १-२ जना घाईते छ अरु फिट छन् ।

हामी जहिले पनि लिग राम्रो होस् भन्ने सोच्छाैँ । विपक्षी टिम पनि  राम्रो होला ।

यसअघि विदेशी खेलाडी ३ जना राखणदै आएकोमा यसपटक विदेशी पनि एक थप गरे ४ जना पुराएउने विषयमा सहमत भाछाैँ । त्यसका लागि हामी तयार नै छाैँ ।

अहिले फोकस भनेको लिग नै हो । त्यसपछि आउने टुर्नामेन्टलाई पछि बसेर सल्लाह गर्छाैँ

अनिता बस्नेत (कप्तान)

लिगको लागि मानसिक शारिरिक रुपमा तयार

सबै खेलाडीहरु तयार छन् ।

पहिला जस्तो सहज हुँदैन । सबै टिम राम्रो हुन्छ।  यसपाली टफ हुन्छ । पहिलाभन्दा हामीलाई टफ हुन्छ । संकटामा विदेशी खेलाडीहरु धेरै छ ।

हामी लिगका लागि उत्साहि छाैँ ।  नयाँ नयाँ बहिनीहरु आईराछ त्यसले क्लबलाई राम्रो गर्छ नै पछि राष्ट्रिय टिमलाई नै राम्रो गर्छ ।

संकटा क्लब :

रविन्द्र शिलाकार :मुख्य प्रशिक्षक

लगभग यो सिजन संकटालाई दरिलो उपस्थिती गराउने गरि आउँदैछाैँ ।

केही विदेशी खेलाडी र  उमेर समहुमा  राष्ट्रिय  खेलाडी छन् ।  हामी पनि दाबेदार मध्ये हाैँ ।

विदेशी खेलाडी म्यानमारको फरवार्डसहित मोजाम्बिकको एक र घानाबाट दुई खेलाडी छन् ।

म्यननमारको टिम कप्तान हो । बाँकी राष्ट्रिय टिमकै खेलाडी र घानाको उमेर समूहको खेलाडी हो ।

विभागीय टिमलाई चुना‌ती दिने भनेर नै हामीले तयारी गरेको हो । उदयपुरमा खेलेपछि मोरल बुस्ट छ ।

विभागीयलाई टक्कर दिन्छाैँ । एक महिनादेखि तयारी तयारी गरराछाै तयारी राम्रो छ ।

हामी विभागी बाहेक अन्यबाट डर छैन । विभागसँग प्रतिस्पर्धा हुन्छ ।

संकटा एकेडेमीबाट आएको ३ जना खेलाडी पनि खेल्छन् ।

चर्च ब्वाईज युनाइटेड

हेड कोच : विक्रम महर्जन

तयारी बाहिर नै खेल्दैछ खेलाडीहरु । आज आउँदै हुनुहुन्छ ।

निश्चित रुपमा यो चुनाैतीपूर्ण नै हुन्छ । खेलाडीहरुलाई राम्रोसँग सिकाउँदै पोजिसनमा ल्याउने लक्ष्य हुनेछ ।

विभागीय टिम १२ महिना ट्रेनिङ हुने भएर राम्रो हुने भयो । तर हामी फाईट गर्छाैँ । खेलाडीहरुले पनि सक्दो मिहिनेत गरेर खेल्छाैँ भन्नुभाछ । संगै तयारी गर्न पाछैन ।

हामी बोल्ने भन्दा पनि विदेशी ल्याउने नल्याउने कुरा गर्छाै ।

कप्तान बर्षा मगर : म्याच जित्ने लिग च्याम्पियन  नै हुने लक्ष्य छ । प्रतिस्पर्धा नै हुन्छ ।

बागमती युथ क्लब

निराजन कार्कि : टिम म्यानेजर

टिम सर्लाहीबाट आउँदै । पर्सि गेम छ ।

टिमको तारी गुड छ । टिम राम्रो छ ।

 

एनआरटी, झापा फुटबल क्लब र आर रिसोर्ट एण्ड बिच क्लब प्रि म्याच प्रेस कन्फेरेन्समा उपस्थित भएनन् ।

तस्बीर : विकास श्रेष्ठ

महिला राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय