+

एचजेएनबीएल : प्लेबक्समाथि गोल्डेनगेटको एक अंकको रोमाञ्चक जित

२०८२ चैत  ३ गते २३:५५ २०८२ चैत ३ गते २३:५५
एचजेएनबीएल : प्लेबक्समाथि गोल्डेनगेटको एक अंकको रोमाञ्चक जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोल्डेनगेट इन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिगमा प्लेअबक्सलाई ७७-७६ ले पराजित गरेको छ ।
  • गोल्डेनगेटका विकास गुरुङले सर्वाधिक १८ अंक स्कोर गरे भने यो क्लबको तेस्रो जित हो ।
  • लिगमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् र शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

३ चैत, काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा मंगलबार राती प्लेअबक्स एरेनामाथि एक अंक अन्तरको रोमाञ्चक जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा गोल्डेनगेटले प्लेबक्सलाई ७७-७६ ले पराजित गर्‍यो ।

गोल्डेनगेटले पहिलो क्वाटर १७-१५ र दोस्रो क्वाटर १८-१६ ले आफ्नो पक्षमा पारेपछि हाफटाइमसम्म ३५-३१ को अग्रता बनाएको थियो । त्यस त्यसपछि प्लेबक्स खेलमा फर्कियो । तेस्रो क्वाटर प्लेबक्सले २०-१८ ले आफ्नो पक्षमा पार्दै अग्रता छोट्याएको थियो र चौथो क्वाटरअघि खेल रोमाञ्चक मोडमा पुगेको थियो । चौथो क्वाटर पनि प्लेबक्सले २५-२४ ले आफ्नो पक्षमा पार्‍यो । तर पनि खेल जित्न भने सकेन । अन्तिममा गोल्डेनगेट एक अंकले विजयी भयो ।

खेलमा गोल्डेनगेटका विकास गुरुङले सर्वाधिक १८ अंक स्कोर गरे ।

चार खेलमा गोल्डेनगेटको तेस्रो जित हो भने प्लेबक्सको तेस्रो हार हो । गोल्डेनगेट ७ अंकसहित चौथो स्थानमा उक्लेको छ । प्लेबक्स ५ अंकसहित छैटौं स्थानमा छ ।

मंगलबारै भएको पहिलो खेलमा टाइम्सले सोलो बास्केटबल क्लबलाई पराजित गरेको थियो ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।

तस्बीर: एचजेएनबीएल

हिमालयन जाभा नेसनल बास्केटबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय