+

मनरो र भान डेर डुसेन जेबी ब्रुग्समा अनुबन्धित

२०८२ चैत  ४ गते १९:४१ २०८२ चैत ४ गते १९:४१
मनरो र भान डेर डुसेन जेबी ब्रुग्समा अनुबन्धित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेबी ब्रुग्सले पूर्व अन्तर्राष्ट्रिय खेलाडी कोलिन मनरो र रासी भान डेर डुसेनलाई अनुबन्ध गरेको छ।
  • प्रतियोगिताको ड्राफ्ट मार्च २४ मा हुँदैछ, जसमा १८ नेपाली खेलाडी सहभागी हुनेछन्।
  • लियेज रेड लायन्सले नेपाली लेगस्पीनर सन्दीप लामिछानेलाई अनुबन्ध गरिसकेको छ।

४ चैत, काठमाडौं । ईयू टी–२० बेल्जियमका लागि जेबी ब्रुग्सले न्युजिल्याण्डका पूर्व अन्तर्राष्ट्रिय खेलाडी कोलिन मनरो र दक्षिण अफ्रिकाका रासी भान डेर डुसेनलाई अनुबन्ध गरेको छ।

आक्रामक ओपनर मनरोले टी–२० क्रिकेटमा ४५० भन्दा बढी खेल खेल्दै ६ शतक बनाएका छन्। यस्तै, भान डेर डुसेनले ५७ टी–२० अन्तर्राष्ट्रियमा १४०६ रन बनाएका छन् भने कुल टी–२०मा ७२९५ रनसहित ५ शतक प्रहार गरेका छन्।

क्लबका मालिक उत्सव सिग्देलले ड्राफ्टअघि नै दुई अनुभवी खेलाडी अनुबन्ध गर्न पाउँदा खुशी लागेको बताएका छन्।

जेबी ब्रुग्स ईयू टी–२० बेल्जियमको एक फ्रेन्चाइज हो, जुन नेपाल प्रिमियर लिगको जनकपुर बोल्ट्ससँग सम्बन्धित छ। उक्त टोली ड्रीम स्पोर्ट्सको स्वामित्वमा रहेको छ।

प्रतियोगिताको ड्राफ्ट मार्च २४ मा हुँदैछ, जसमा १८ नेपाली खेलाडी पनि सहभागी हुनेछन्।

डेस्टिनो लेजेन्ड्स स्पोर्ट्स एलएलसीले बेल्जियम क्रिकेट फेडेरेसनसँगको सहकार्यमा पहिलो पहिलो पटक आयोजना गर्न लागेको इयु टी-२० बेल्जियम क्रिकेटमा ६ टोली सहभागी हुनेछन् ।

सहभागी टोलीमध्ये एक लियेज रेड लायन्सले नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेलाई अनुबन्ध गरिसकेको छ ।

कलिन मनरो जेबी ब्रुग्स राशी भान डेर डुसेन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय