+
+
Shares
कविता :

एक पन्ने क्यालेन्डर

सुरेश राई सुरेश राई
२०८० फागुन २६ गते १५:०३

ओइ साथी !
सुतेपछि भोलिपल्ट ब्युँझनु पनि पर्छ
बिर्सिस्?
भविष्य सुन्दर पार्नु छ भन्थिस्
भोलिमाथि नयाँ भोलि थपिंदै जाँदा
भविष्य बन्ने हो
बिर्सिस् ?

ओइ साथी !
उनलाई असाध्यै प्रेम गर्छु भन्थिस्
प्रेम गर्नलाई
धड्कनलाई चलायमान राख्नुपर्छ
बिर्सिस्?

००० ०००
सुन्छु,
यो रहरको कोरियामा मात्रै हैन
हरेक साल
अरु परदेशहरूमा पनि
सुतिजाने श्रमिकहरू प्रशस्तै भइसकेरे
सुन्छु,
ती दुष्ट विछ्यौनाहरू
प्राण चुस्नलाई आरामदायी हाँस्छन् रे

सुन्छु,
मेरा देशका शासकहरू
नयाँ युगको नयाँ ‘भूपिकविता’ पढ्छन् रे
‘चल्दैन मुलुक,लाखौंलाख युवा, परदेशै नगए’

००० ०००

ओइ साथी !
भित्तामा क्यालेन्डर तैंलेले नै झुन्ड्याएको होस्
महिना बितेपछि पन्ना च्यातेर
तैंले नै फ्याँक्थिस्
तँलाई छुट्टी जान हतार जो थियो
ज्यानवरी -ध्वार्र
फेब्रुअरी -ध्वार्र
मार्च- ध्वार्र
ध्वार्र ध्वार्र ध्वार्र ध्वार्र …

००० ०००

ओइ साथी !
नयाँ साल आयो
भित्तामा एक पन्ना क्यालेन्डर बाँकी छ
च्यात्न आउँदैनस् ?
बिर्सिस्?

(दक्षिण कोरियामा पछिल्लो समय सुतेकै अवस्थामा निधन हुने नेपालीहरूमा समर्पित )

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?