+
+

व्यङ्ग्य : रुम मिलाउँछु

संप्रस पौडेल संप्रस पौडेल
२०८१ वैशाख ८ गते ११:५५

. पहिलो हप्ताको समाचार

फलानो ‘कुमान्छे’ ले ढिस्कानो व्यवसायीसँग चिलानो सामान खरिदमा गरेको बार्गेनिङको अडियो सार्वजनिक ।

व्यवसाय, ठेक्कापट्टा, उद्यम, मन्त्री, सांसद, सरकारी जिम्मेवारी केही नभएका फुर्सदी तर ‘सबैका लागि चाहिने’ कु-मान्छे ।

– सुन्नै नसकिने वार्तालापहरू

“एयरपोर्टमा सामान आइपुगेको छ ।”

“पख्नोस् म रुम मिलाउँछु ।”

०००

“त्यो सामान तपाईंले भन्सार पास गराइदिनुपर्‍यो ।”

“ठिक छ त, म रुम मिलाउँछु ।”

०००

“सामान खरिद गर्दा ज्यादै खर्च भयो । हजुरको भागमा यो पटक अली थोरै हुन्छ है हजुर । पछि मिलाउँला ।”

“हुन्छ तर पहिले म रुम मिलाउँछु ।”

. दोस्रो हप्ताको समाचार

शङ्कास्पद आरोपमा अनुसन्धान सुरू ।

‘कुमान्छे’ प्रेसर, सुगर र मुटुमा समस्या देखा परेपछि अस्पताल भर्ना ।

बिहानमा सुरक्षाका बन्दोबस्त, दिनमा कमिशनवालाको सुरक्षित भेट ।

फोनमा वार्तालापः

“समाचारअनुसार त बिरामी पर्नुभयो रे त ?”

“रुम मिलिसकेको छ आउनोस् ।”

(केही मिनेटमा भेट)

“उहाँ जहिल्यै रुम मिलाउँछु मात्रै भन्नुहुन्थ्यो, पूरै अस्पतालै खाली गराउनु भएछ त । आउनोस् काउन्टरमैँ बसेर हरहिसाब गरौँ ।”

(अस्पतालले खतराका बिरामी अन्यत्र रिफर, अन्यलाई डिस्चार्ज । अस्पताल खाली ।)

. तेस्रो हप्ताका केही समाचारहरू

– थप उपचारका लागि विशेष विमानबाट कुमान्छे दिल्ली प्रस्थान ।

– सिङ्गै गाउँमा युवा छैनन् । विमानस्थलमा वियोगको रुवाबासी ।

– विदेश पढ्न जाने विद्यार्थी भन्छन्- विदेशमा जुनसुकै काम गरे पनि कामको सम्मान हुन्छ ।

– नेपालमा युवा घट्दै तर तस्करीको ट्रान्जिट बन्दै ।

०००

यतिखेर ‘राष्ट्रिय रुम सेटिङ कम्पनी’ का साहुहरू ‘अन्तर्राष्ट्रिय रुम सेटिङ’ मा व्यस्त ।

जदौ ।

 (सहसचिवः सिस्नुपानी नेपाल मकवानपुर)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?