+
+
Shares
कविता :

रेमिट्यान्सको ठेगाना

सुरेश राई सुरेश राई
२०८० फागुन १९ गते १६:५१

भर्खरै १२ हजार घर पठाएको छु
बुबाको कलेजो जँचाउनलाई
केही दिनमा फेरि
दस हजार पठाउनु पर्नेछ
बुबाको रक्सी खर्चलाई

परारको साल दुई लाख पठाएको हुँ
भाइको बाइक किन्नलाई
दुईचार हजार पठाइरहेछु सधैं
उसको इन्धन खर्चलाई

पोहोर साल बीस हजार पठाएको हुँ
बहिनीको मोबाइल किन्नलाई
केही हजार पठाइरहेछु मासिक
उसको डाटा खर्चलाई

केही सालअघि ठूलै रकम पठाएको हुँ
साथीको चुनाव खर्चलाई
केही हजार मागिरहन्छ आजकल
सेकुवा खर्चलाई

आमा !
माया भए पुग्दो रैछ नि, आमा हुनलाई ?
कहिले सोधिनौ कति कमाउँछस् पैसा भनी
तिम्रो छोरोलाई ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?