 
																			भर्खरै १२ हजार घर पठाएको छु
बुबाको कलेजो जँचाउनलाई
केही दिनमा फेरि
दस हजार पठाउनु पर्नेछ
बुबाको रक्सी खर्चलाई
परारको साल दुई लाख पठाएको हुँ
भाइको बाइक किन्नलाई
दुईचार हजार पठाइरहेछु सधैं
उसको इन्धन खर्चलाई
पोहोर साल बीस हजार पठाएको हुँ
बहिनीको मोबाइल किन्नलाई
केही हजार पठाइरहेछु मासिक
उसको डाटा खर्चलाई
केही सालअघि ठूलै रकम पठाएको हुँ
साथीको चुनाव खर्चलाई
केही हजार मागिरहन्छ आजकल
सेकुवा खर्चलाई
आमा !
माया भए पुग्दो रैछ नि, आमा हुनलाई ?
कहिले सोधिनौ कति कमाउँछस् पैसा भनी
तिम्रो छोरोलाई ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4