+
+
कविता :

मण्डला र लोकतन्त्र

साजन तामाङ साजन तामाङ
२०८० माघ २० गते १७:३८

लोकतन्त्र अङ्कुरियो र झाङ्गियो

तर, अन्तस्करणको बोध हुने हो कहिले?

स्पन्दनको आभासले मूर्तरुप लिने हो कहिले?

 

लोकतन्त्र भन्दछ,

जनताको प्रश्न उत्तरित हुनुपर्दछ।

 

विडम्बना!

आज स्वयं लोकतन्त्रले गरेका प्रश्नहरू नै अनुत्तरित छन्।

 

लोकतन्त्र भन्दछ,

तिमीले इच्छाएका कुराहरू निष्फिक्री भई बोल।

चाहे आक्रोश पोख, मनोभाव पोख या विचार!

 

लोकतन्त्र भन्दछ,

चाहे झुपडीबाट बोल या महलबाट बोल

बस्! तिमी बोल,

कोसौं दूर क्षितिजबाट नै किन नहोस्।

 

लोकतन्त्र भन्दछ,

म वरदान हुँ, कठोर तपस्याको

तिमी त्यस कठोर तपस्याको तपस्वी।

 

म साधना हुँ, फुल्दै गरेको

तिमी साधक हौ, उक्त साधनाले ओइलाउँदै गएको।

 

लोकतन्त्र भन्दछ,

आवाज उठान हुने थलोमाथिको निषेधाज्ञा,

तिम्रो तपस्याको उपहास हो,

तिम्रो साधनाको उपहास हो।

 

आवाज उठान हुने थलोमाथिको निषेधाज्ञा,

आधुनिक अधिनायकवादी बन्दुकको नाल हो।

 

कैद नगर मण्डला,

जहाँ लोकतन्त्रले सास फेर्छ

जसले हाम्रो पुस्ताको प्रतिनिधित्व गर्छ।

 

म एक जन भन्दछु,

लोकतन्त्रलाई जिउन देउ,

लोकतन्त्रलाई बाँच्न देउ,

 

खुला गर मण्डला,

जहाँ लोकतन्त्रले सास फेर्छ।

 

खुला गर मण्डला,

जसले हाम्रो पुस्ताको प्रतिनिधित्व गर्छ।

 

खुला गर ‘फिव खव्य:’

जो हो लोकतन्त्रको पर्याय।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?