+
+

मण्डलामा शुक्रबारदेखि ‘आकाशको बाटो’ मञ्चन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते १३:०९

काठमाडौं । शुक्रबारदेखि मण्डला थिएटरमा नयाँ नाटक ‘आकाशको बाटो’ मञ्चन हुने भएको छ । चैत १८ गतेसम्म मञ्चन हुने यो नाटकको लेखन तथा निर्देशन प्रदीपकुमार चौधरीले गरेका हुन् ।

सोमबार पोस्टर सार्वजनिक गर्दै मण्डलाले नयाँ मञ्चनबारे जानकारी दिएको हो । आकाशको बाटो हुँदै विदेशिन बाध्य युवाको कथावस्तुमा नाटक बनेको हो ।

निर्देशक चौधरीले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली समाजमा व्याप्त बेरोजगारी र आर्थिक अभावको कारणले या कुनै न कुनै बहानामा नेपाली युवा आकाशको बाटो हुँदै विदेश जाने चलन प्रथाकै रुपमा स्थापित हुँदै गइरहेको छ ।’

यो नाटकलाई निर्देशक चौधरी विदेशिनुपर्ने बाध्यताको कारण समाजमा निम्तिएको प्रभाव र परिवर्तनको दस्तावेजको रुपमा व्याख्या गर्छन् । यो नाटकमा सोहित रावल, सुशन बस्नेत, समस्ती राई, प्रमिला राई, मेलिना चाम्लिङ राई र आकृति केसीको प्रमुख भूमिका हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?