+
+

पर्वतको लोप्रेमा ११औं हुचिल उत्सव सुरू (तस्वीरहरु)

आर्यन धिमाल आर्यन धिमाल
२०८० माघ १९ गते १८:५४

१९ माघ, काठमाडौं । लाटोकोसेरो तथा हुचिल उत्सवको ११औ संस्करण पर्वतको लोप्रेमा आजदेखि सुरू भएको छ ।

संरक्षणको हिसाबले ओेझेलमा परेको लाटोकोसेरो तथा हुचीलहरुको संरक्षणका लागि पर्वतको जलजला गाउँपालिकास्थित लोप्रे गाउँमा यो उत्सव सुरू भएको हो ।

लाटोकोसेरोलाई किसानको साथी भनेर पनि चिन्ने गरिन्छ । विगत ८ वर्षदेखि लाटोकोसेरो उत्सव नेपालमा पनि मनाउन थालिएको हो ।

यसअघि यो उत्सव स्याङ्जा,धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङ जिल्लामा सम्पन्न गरिसकिएको छ। यस किसिमको उत्सव नेपालबाहेक अमेरिका, इटाली र भारतमा पनि मनाइन्छ ।

पर्वत जिल्लाको जलजला गाउँपालिका-५ स्थित लोप्रे मगर समुदाय बाहुल्‍य भएको गाउँ पर्यटकीय क्षेत्र हो। जहाँ आँखै अगाडि धौलागिरि हिमाल, अन्नपूर्ण हिमाल र माछापुच्छ्रे हिमालका मनमोहक दृश्यहरू नियाल्न सकिन्छ ।

महोत्सवको पहिलो दिन लाटोकोसेरो संग्रहालय अवलोकन गरिएको छ । बालबालिकाहरूले आफ्नो अनुहार तथा नङमा लाटोकोसेरो बनाएका छन् ।

यसका साथै मगर समुदायले आफ्नो पुर्ख्यौली नाँच (लोप्रे र सलिजा) देखाएका छन् ।

यस्तै भोलि बिहान चरा अवलोकन, लाटोकोसेरो अवलो संग्रहालय अवलोकन गर्ने, अनुहार तथा नङमा लाटोकोसेरो बनाउने,  बाल पुर्ख्‍यौली नाँचगान र नाटक देखाउने कार्यक्रम रहेको हुचिल महोत्सवका आयोजकले जनाएको छ ।

 तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?