+
+

पर्वतको लोप्रे गाउँ जहाँ आँखै अगाडि हिमाल देख्न सकिन्छ (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८० माघ १९ गते १४:४९

१९ माघ, पर्वत । पर्वतको लोप्रे मगर समुदायको बाहुल्य रहेको गाउँ हो । जलजला गाउँपालिका-५ मा पर्ने यो गाउँ पुग्‍न बेनीबाट १३ किलोमिटरको दूरी पार गर्नु पर्छ।  पोखराबाट ४ घण्टामा बेनी र त्यहाँबाट २ घण्टामा लोप्रे गाउँमा पुग्न सकिन्छ ।

यो गाउँबाट आँखै अगाडि धौलागिरि हिमाल, अन्नपूर्ण हिमाल र माछापुच्छ्रे हिमालका मनमोहक दृश्यहरू नियाल्न सकिन्छ ।

यही हिमाल हेर्नका लागि यहाँ टाढा-टाढाबाट पर्यटकहरू आउने गर्दछन् ।  यहाँ आउने पर्यटकहरूका लागि फाल्मे डाँडामा होमस्टे पनि सञ्चालन गरिएको छ ।

पर्यटकहरूका लागि भनेर सञ्चालन गरिएको उक्त होमस्टेमा राम्रो बासस्थानको व्यवस्था मिलाइएको छ ।

लोप्रे गाउँमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि लाटोकेसेरो तथा हुचिल महोत्सवको आयोजना गरिएको छ ।

दुई दिनसम्म चल्‍ने उक्न महोत्सवले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने महोत्सव आयोजना सक्रिय राजु आचार्यको भनाइ छ ।

हेर्नुहोस् तस्वीरहरू :

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?