+
+

कविता : साइनो

श्याम गैरे  श्याम गैरे 
२०८१ वैशाख ८ गते १७:१९

ऊ कहिल्यै भोको बस्नु परेन,

जुन कुनै यात्रामा पनि।

बनेनन् कुनै निराश जात्रा र उत्सवहरु उसका ।

कहिल्यै अनुभव भएन एकान्तको उसलाई,

गाउँ देखि शहर,

खेतका नहरहरु देखि आफ्ना रहरहरु सम्मै।

 

उवेलामा उसले

लमी बनेर

धेरैका सन्तानले डाँडाकाँडा ढाक्नमा,

ठूलै योगदान गर्न सफल भयो

किनकि उसले निरन्तर गोरुहरु बेचिरहन्थ्यो।

 

घाम-घडीका पालादेखि

भित्ते-घडी सम्म आइपुग्दा,

परिस्थिति धेरै बदलिएको छ।

 

उ साइनोहरु

साँघुरिदै,

हराउँदै गएकोमा निराश छ,

किनकि

हाते ट्याक्टरले गोरुलाई सडकमा पुर्‍याएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?