+
+

च्याट जिपिटीको मातृ कम्पनीले ल्यायो नयाँ टूल, लेखेको आधारमा भिडियो बनाइदिने

एजेन्सी एजेन्सी
२०८० फागुन ७ गते १०:३४

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई अहिले सबै मानिसहरुका लागि निकै काम लाग्ने प्रविधि बनिरहेको छ ।

मल्टिमिडियाको क्षेत्रमा एआईको प्रयोग अत्यधिक भैरहेको छ । यो क्षेत्रमा एआई टूलको सबैभन्दा धेरै मागचाहिं कन्टेन्ट तथा भिडियोका विषयमा हुने गरेको छ । आम प्रयोगकर्ताको यही मागलाई सम्बोधन गर्नका लागि ओपन एआई कम्पनीले आफ्नो नयाँ टूल सोरा सार्वजनिक गरेको छ ।

च्याट जिपिटीको मातृ कम्पनी ओपन एआईले ल्याएको सोरा टूल एउटा टेक्स्ट टू भिडियो टूल हो ।

सोरा यस्तो टूल हो जसले लेखेर दिएका सामाग्रीको आधारमा तुरुन्तै भिडियो तयार गरिदिन्छ ।

जसरी च्याट जिपिटीमा हामीले लेखेर प्रश्न सोध्न सक्छौं, उसैगरी सोरामा तपाईंले लेखेर भिडियो बनाउन सक्नुहुन्छ । अब सोराको प्रतिस्पर्धा मिडजर्नी जस्ता टेक्स्ट टू भिडियो एआई टूलसँग हुने देखिन्छ । यद्यपि गुगल, मेटा तथा स्टार्टअप रनवेले पनि यस्तै प्लाटर्फम ल्याउने प्रयास यसअघि नै गरिसकेका छन् ।

यद्यपि हाल यो टूल आम प्रयोगकर्ताका लागि भने उपलब्ध भैसकेको छ । यो टूललाई कहिलेदेखि आम प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ भन्नेबारेमा ओपन एआईले केही पनि खुलाएको छैन । यो तत्कालका लागि रेड टिमका लागि मात्र उपलब्ध गराइएको ओपन एआईका सीईओ साम अल्टम्यानले जनाएका छन् ।

यो टिमले एआई सिस्टमका कमजोरीहरु खोजेर पृष्ठपोषण दिने गर्दछ । साथै सोरालाई सिर्जनशील व्यवसायिक व्यक्तिहरुका लागि समेत थप फलदायी बनाउनका लागि विभिन्न भिजुअल आर्टिस्ट, डिजाइनर तथा फिल्म निर्माताहरुलाई पनि पृष्ठपोषणका लागि सोरा टुल उपलब्ध गराएको ओपन एआईले जनाएको छ ।

सोराले प्रयोगकर्ताका लेख्य सामग्रीको आधारमा विभिन्न पात्रहरु युक्त भिडियो बनाउन सक्दछ । यसका अलावा यसले भिडियोमा विशेष इफेक्ट तथा अनेक सटहरु पनि प्रयोग गर्दछ । यसले तस्वीरलाई एनिमेसनमा पनि परिणत गर्न सक्दछ ।

एक ब्लग पोस्टमा ओपन एआईले टोकियोको सडकमा हिंडिरहेकी एक युवतीको बारेमा उल्लेख गरेको छ र सोही बमोजिम सोराले बनाएको भिडियो राखेको छ । त्यस्तै प्राचीन क्यालिफोर्नियाको फुटेज तथा ओरालो बाटोमा तिव वेगमा कुदिरहेको गाडी लगायतका शब्दमा पनि सोराले भिडियो तयार पारेको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?