News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपनको साउथ एसिया फाइनलबाट होरा ईस्पोर्ट्स र टीटुके ईस्पोर्ट्स शीर्ष ३ भित्र पर्दै छनोट भएका छन् ।
- पाकिस्तानको फोर थ्राइभ्स ईस्पोर्ट्सले २०९ अंकसहित उपाधि जितेको छ ।
- नेपालको हिडन लिफ ईस्पोर्ट्स चौथो र टीजीबी आठौं स्थानमा रह्यो ।
३ असोज, काठमाडौं । नेपालका दुई ईस्पोर्टस टिम होरा ईस्पोर्ट्स र टीटुके ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपनका लागि छनोट भएका छन् ।
काठमाडौंमा शनिबार सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपनको साउथ एसिया फाइनलबाट शीर्ष ३ भित्र पर्दै दुई टोली छनोट भएका हुन् ।
उपाधि भने पाकिस्तानको फोर थ्राइभ्स (फोटी) ईस्पोर्ट्सले जित्यो । फोर थ्राइभ्सले २०९ अंकसहित शीर्षमा रहेर उपाधि जितेको हो । उपाधिसँगै फोटीले ९ हजार डलर पुरस्कार जित्यो ।
टीटुके दोस्रो हुँदा होरा तेस्रो बन्यो । नेपालकै हिडन लिफ ईस्पोर्ट्स टिम भने चौथो स्थानमा रह्यो । नेपालको अर्को टोली टीजीबी आठौं स्थानमा रह्यो ।
फोटीका हुजाइफा सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
प्रतिक्रिया 4