News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीका टी–२० कप्तान दीपेन्द्रसिंह ऐरी ‘द क्रिकेट शप’ का ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।
- क्रिकेटसम्बन्धी सामग्री र उपकरण उपलब्ध गराउँदै आएको ‘द क्रिकेट शप’ ले दीपेन्द्रलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो ।
- ‘द क्रिकेट शप’ नेपालमा विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट ब्रान्डहरूको आधिकारिक विक्रेता हो ।
३ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका टी–२० कप्तान दीपेन्द्रसिंह ऐरी ‘द क्रिकेट शप’ का ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।
क्रिकेटसम्बन्धी विभिन्न सामग्री तथा उपकरण उपलब्ध गराउँदै आएको ‘द क्रिकेट शप’ ले दीपेन्द्रलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो ।
दीपेन्द्रलाई एम्बेसडर नियुक्तिसँगै नेपाली क्रिकेटसँगको सहकार्य अझ मजबुत हुने अपेक्षा ‘द क्रिकेट शप’को छ ।
‘द क्रिकेट शप’ नेपालमा विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट ब्रान्डहरूको आधिकारिक विक्रेता समेत हो । जसले ब्याट, बल, ग्लोभ्स, प्याड, हेल्मेटलगायतका क्रिकेट सामग्री उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया 4