+
+

केजरीवालको आइफोन अनलक गर्न एप्पलसँग गुहार, के जवाफ दियो एप्पलले ?

एजेन्सी एजेन्सी
२०८० चैत २० गते ११:३२

भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल गत एक सातादेखि कार्यान्वयन निर्देशनालय (इडी) को हिरासतमा छन् र उनीसँग सोधपुछ चलिरहेको छ । तर, केजरीवालमाथिको छानबिनका क्रममा एउटा चुनौती देखिएको छ, जसमा कार्यान्वयन निर्देशनालयले उनको फोन खोल्न सकेको छैन ।

इण्डियन एक्सप्रेसमा प्रकाशित समाचार अनुसार अरबिन्द केजरीवालले आफ्नो आइफोन स्विच अफ गरेका छन् र त्यसको पासवर्ड कसैलाई पनि बताइरहेका छैनन् ।

अनुसन्धान अधिकारीसमक्ष उनले आफ्नो आइफोन खोल्न नमानेपछि त्यसमा रहेका डेटाहरु प्राप्त गर्नका लागि निर्देशनालयले एप्पलसँग सम्पर्क गरेर सहयोग माग गरेको छ । निर्देशनालयले केजरीवालको साथमा रहेका ४ वटा फोन जफत गरेको थियो ।

वास्तवमा आइफोन आफ्नो उच्चतम सुरक्षाका लागि परिचित छ । एन्ड्रोइड फोनका तुलनामा आइफोन धेरै सुरक्षित हुन्छ । साथै पासवर्डबिना आइफोनका डेटाहरु हेर्न पनि सकिंदैन ।

एप्पलले के दियो जवाफ ?

समाचार अनुसार जब कार्यान्वयन निर्देशनालयले केजरीवालको आइफोन अनलक गरिदिनका लागि एप्पलसँग सम्पर्क गर्‍यो तब कम्पनीले फोनका डेटा हासिल गर्नका लागि पासवर्ड आवश्यक रहेको जवाफ दियो ।

रक्सी घोटाला काण्डमा केजरीवालका साथै दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया, पूर्वमन्त्री सत्येन्द्र जैन र राज्यसभा सांसद संजय सिंह गिरफ्तार भएका थिए । केजरीवाललाई अदालतले १५ दिनका लागि न्यायिक हिरासतमा राख्न अनुमति दिइसकेको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?