+
+

ह्वाट्सएपबाट फोटो तथा भिडियोहरु आफैं डाउनलोड हुनबाट कसरी रोक्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते १२:४८

स्मार्टफोनमा सुविधासम्पन्न तथा अत्याधुनिक क्यामेरा उपलब्ध भएसँगै हामीले अत्यधिक रुपमा फोनबाट फोटो तथा भिडियो कैद गरिरहेका हुन्छौं ।

हाम्रा स्मार्टफोनहरुमा फोटोरभिडियोको भारी मात्र होइन विभिन्न खालका एप तथा अन्य सामग्रीहरुले पनि भरिएका हुन्छन् । यस्तोमा यदि तपाईंले आफ्नो फोनको स्टोरेजलाई सही तरिकाले व्यवस्थापन गर्नुभएन भने फोनको स्टोरेज छिटै भरिनेछ र नयाँ चिज फोनमा नअट्ने मात्र होइन विभिन्न अत्यावश्यक फिचरले पनि काम गर्न गाह्रो पर्दछ।

महत्वपूर्ण तस्वीर खिच्नुपर्दा वा महत्वपूर्ण एप तथा फाइल डाउनलोड गर्नुपर्दा जब फोनमा स्टोरेजको अभाव भइदिन्छ, तब त्यो निकै दिक्कलाग्दो हुन्छ । साथै फोनको स्टोरेज भरिँदै जाँदा धेरै लोडका कारढा फोन ह्याङ हुने वा सुस्त हुने गर्दछ ।

फोनमा धेरै स्पेस प्राप्त गर्न के गर्ने ?

आफ्नो फोनको स्टोरेजलाई खाली गर्ने विभिन्न उपाय छन् । यसका लागि क्लाउड स्टोरेज सब्सक्राइब गर्नेदेखि फोनमा रहेका फाइलका क्यास हटाउने सम्मका विधिहरु हुन्छन् ।

साथै असान्दर्भिक रहेका पुराना तस्वीरहरु पनि फोनबाट हटाउन सकिन्छ । त्यस्तै फोनको स्टोरेजलाई भरिन नदिने अर्को उपाय भनेको ह्वाट्सएपबाट फोटो तथा भिडियोहरु स्वचालित रुपमा डाउनलोड हुने अर्थात् अटो डाउनलोडको प्रणालीलाई रोक्नु पनि हो ।

ह्वाट्सएपले प्रयोगकर्तालाई कसैबाट पठाइउका तस्वीर, अडियो, भिडियो तथा अन्य सामग्रीहरू प्रापकको फोनमा अटोम्याटिक रुपमा डाउनलोड हुने सुविधा दिएको हुन्छ ।

यदि यो फिचरलाई सक्रिय बनाउने हो भने ह्वाट्सएपमा आएका फोटो तथा भिडियोहरु आफै डाउनलोड भएर फोनको ग्यालरीमा गएर बस्दछन् र असान्दर्भिक चिजहरु पनि त्यसरी थुप्रिंदा फोनको स्टोरेज छिटै भरिन्छ । त्यसैले प्रयोगकर्ताले ह्वाट्सएपको यो फिचरलाई आफ्नो आवश्यकता अनुसार खोल्न वा बन्द गर्न सक्दछन् । यसका लागि निम्न बमोजिम गर्नु पर्दछ :

ड्ड फोनमा ह्वाट्सएप खोल्नुहोस् र त्यसको Settings मा ट्याप गरी Storage and data मा जानुहोस्
ड्ड त्यहाँ रहेको Media auto-download खण्डमा गएर आफ्नो आवश्यकता बमोजिमको विकल्प छान्नुहोस् । जसमा when using mobile data, when connected on Wifi तथा when roaming भन्ने अप्सन हुन्छन् । ती विकल्पको छेउँमा रहेको चेक बक्समा कस्तो मिडिया अटो डाउनलोड गर्ने भन्नेमा टिक गर्नुहोस् र OK मा थिच्नुहोस् ।

ड्ड त्यस्तै सबै खालका मिडिया अटो डाउनलोड हुनबाट रोक्नका लागि तपाईंले सबै अप्सनमा ट्याप गरी सबै मिडिया टिक हटाएर Ok मा थिच्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?