News Summary
Generated by OK AI. Editorially reviewed.- ५८ औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मंगलबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।
- असोज ६ देखि १२ गतेसम्म हुने प्रतियोगितामा जुनी राईसहित ७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
- राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले सोमबार टोलीलाई बिदाइ गरे ।
५ असोज, काठमाडौं । ५८ औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली शारीरिक सुगठन टोली मंगलबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।
असोज ६ देखि १२ गतेसम्म हुने प्रतियोगितामा जुनी राई, रिपु घर्ती, सगेन्द्र सिंह, परिस श्रेष्ठ, रेशम राणा, विप्लव थापा मगर र प्रनेश श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् ।
टोलीसँगै नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, सचिव एवं एसियाली शारीरिक सुगठन महासंघका प्राविधिक अध्यक्ष दिनेशकुमार राजभण्डारी, प्रशिक्षक रुजेश शाही, टिम व्यवस्थापक राजेशबहादुर श्रेष्ठ, निर्णायक प्रतापकाजी बरिया तथा सहयोगीका रुपमा राजेश्वरी श्रेष्ठ र सागर श्रेष्ठ थाइल्यान्ड जाँदै छन् ।
अध्यक्ष राजेशबाबु श्रेष्ठ भने थाइल्यान्ड पुगिसकेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले सोमबार बिदाइ गरे ।
प्रतिक्रिया 4