+
२०औं एसियन गेम्स :

महिला भलिबलमा नेपाल हङकङसँग पराजित, अब ११औं स्थानका लागि खेल्ने

२०८३ असोज  ५ गते १४:२१ २०८३ असोज ५ गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलको क्लासिफिकेशन खेलमा नेपाल हङकङसँग ३–० को सोझो सेटमा पराजित भएको छ ।
  • जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा हङकङले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१९ ले जितेको थियो ।
  • नेपालले अब फिलिपिन्स र मंगोलियामध्ये पराजित हुने टोलीसँग ११औं स्थानका लागि खेल्नेछ ।

५ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल हङकङसँग पराजित भएको छ ।

जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा सोमबार भएको क्लासिफिकेशन खेलमा नेपाल हङकङसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

हङकङले पहिलो सेटमा २५–२० र दोस्रो सेटमा २५–१९ को सहज जित निकाल्दा तेस्रो सेट प्रतिस्पर्धात्मक भयो । अन्तिममा हङकङले २८–२६ को जित निकाल्दै खेल आफ्नो पक्षमा पार्‍यो ।

अब नेपालले ११औं स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । फिलिपिन्स र मंगोलियाबिचको पराजित हुने टोलीले नेपालसँग ११औं स्थानका लागि खेल्नेछ ।

२०औं एसियन गेम्स एसियन गेम्स महिला भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय