News Summary
Generated by OK AI. Editorially reviewed.- २०औं एसियन गेम्सअन्तर्गत उसुमा नेपालकी रिता ठकुल्ला महिला ६० केजीमा तुर्कमेनिस्तानकी जोरेयेभा मर्जेनसँग पहिलो खेलमै पराजित भइन् ।
- पुरुष ५६ केजीमा नेपालका रोहित चुनारो चीनका जियामिङ ओउसँग विन बाइ पोइन्ट डिफ्रेन्सले पराजित भए ।
- १० खेलाडी सहभागी उसुमा हालसम्म कुनै पनि नेपाली खेलाडी दोस्रो चरण पुग्न सकेका छैनन्, र चार खेलाडी यसअघि नै बाहिरिसकेका छन् ।
५ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत उसुमा नेपालका रिता ठकुल्ला र रोहित चुनारो पहिलो खेलबाटै बाहिरिएकी छन् ।
जापानको आइची प्रिफेक्चरल मार्सल आट्र्स हलमा भएको महिला ६० केजी तौल समूहमा रिता तुर्कमेनिस्तानकी जोरेयेभा मर्जेनसँग पराजित भइन् ।
पुरुष ५६ केजी तौल समूहमा नेपालका रोहित चीनका जियामिङ ओउसँग भए । उनी विन बाइ पोइन्ट डिफ्रेन्स (१२ अंकभन्दा बढीको अन्तर) ले पराजित भए ।
१० खेलाडी सहभागी उसुमा हालसम्म कुनै पनि खेलाडी दोस्रो चरण पुग्न सकेका छैनन् । यसअघि विजय सिन्जाली, हरिप्रसाद गोले, सुस्मिता तामाङ र सविता राई प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
राजिव तामाङ, अमर सुनार, सञ्जिव महर्जन र दीपक हमालले खेल्न बाँकी छ ।
प्रतिक्रिया 4