+
+

ल्यापटपको ब्याट्रीको आयु बढाउन चाहनुहुन्छ ? नगर्नुस् यी ५ गल्ती

एजेन्सी एजेन्सी
२०८० फागुन २७ गते १९:४७

यदि तपाईंले आफ्नो ल्यापटपको ब्याट्री लाइफ बढाउन चाहनुहुन्छ र छिटो नबिग्रोस् भन्न चाहनुहुन्छ भने तपाइँले केही कुरामा ख्याल राख्नुपर्छ ।

बजारमा उपलब्ध अधिकांस ल्यापटपहरुमा लिथियम आयन ब्याट्री हुन्छन् । यस्तो ल्यापटपको ब्याट्री लाइफ सुरुमा त राम्रै हुन्छ तर पछि समस्या देखापर्न थाल्दछ ।

कहिलेकाहीँ ल्यापटप प्रयोगकर्ताका विभिन्न गल्तीका कारण ब्याट्रीमा असर पर्दछ र ब्याट्रीको आयु छोटिँदै जान्छ । ल्यापटपको ब्याट्रीलाइफमा गिरावट आउन नदिनका लागि हामीले यी गल्ती गर्नु हुँदैन ।

 रातभर ल्यापटप चार्ज नगर्नुस्  : आमरुपमा मानिसहरुले दिनभर आरामसँग काम गर्दछन् र रातभर ल्यापटपलाई चार्जमा लगाएर छाडिदिन्छन् । यदि तपाइँले पनि त्यसो गर्नुहुन्छ भने तपाइँले आफ्नो बानी सुधार्नुपर्छ । यस्तो बानीले ल्यापटपको ब्याट्री लाइफलाई कम वा पूर्णरुपमा समाप्त गरिदिने जोखिम हुन्छ।

तातो ठाउँमा ल्यापटप चार्ज नगर्नुहोस्  :  यस्तो कुनै ठाउँमा ल्यापटप चार्जमा नराख्नुहोस् जुन खुल्ला नहोस् । अर्थात् कुनै बन्द वा गर्मी ठाउँमा राखेर ल्यापटप चार्ज नगर्नुहोस् । सदैव खुल्ला ठाउँमा राखेर ल्यापटप चार्ज गर्नुहोस् ।

ब्याट्रीलाई फुलचार्ज नगर्नुस्  : आफ्नो ल्यापटपको ब्याट्रीलाई २० देखि ८० प्रतिशतसम्म मात्रै चार्ज गर्नुहोस् । ल्यापटपमा ब्याट्रीको चार्ज २० प्रतिशत भन्दा तल झर्न नदिनुहोस् र ८० प्रतिशत भन्दा धेरै चार्ज गर्नुपनि आवश्यक हुँदैन । ब्याट्रीलाई सधै शतप्रतिशत चार्ज गर्ने नगर्नुहोस् । कतिपय मानिसहरुले शतप्रतिशत चार्ज भएपछि पनि लगातार ल्यापटपलाई चार्जिंगमा राखेर छाड्छन् । यसले ल्यापटपको आयु खियाइरहेको हुन्छ ।

कमसल चार्जरको छनोट : जस्तोसुकै चार्जरको प्रयोग गरेर ल्यापटप चार्ज गर्ने काम नगर्नुहोस्। सक्कली वा ब्राण्डेड चार्जरबाट मात्रै चार्ज गर्नुहोस् । अर्थात् आफ्नो ल्यापटपका लागि यस्तो चार्जर रोज्नुहोस् जो आफ्नो ल्यापटपको लायक होस् वा ल्यापटपले सपोर्ट गर्ने वाट जत्तिको चार्जरको प्रयोग गर्नुहोस् ।

चार्ज गरिरहेको बेला प्रयोग नगर्ने  : धेरै मानिसहरुले आफ्नो ल्यापटप चार्ज गरिरहेको बेलामा पनि प्रयोग गर्ने गर्दछन् । तर यो राम्रो कार्य होइन । यसले ल्यापटपको ब्याट्री लाइफ खराब हुन्छ। ल्यापटपमा चार्ज भैसकेपछि चार्जर झिकेर मात्रै प्रयोग गर्नु राम्रो हुन्छ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?