+
+
Shares

अमाहा सिमसारमा पानी सुल्के प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ७ गते १२:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चतरा हाइकिङ समूहले २०८२ मंसिर ३ गते अमाहा सिमसार तालमा तेस्रो पानी सुल्के प्रतियोगिता आयोजना गर्न लागेको छ।
  • पानी सुल्के खेललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सूचीकृत गर्न र अन्तर्राष्ट्रिय स्तरका खेलाडी सहभागी गराउन पहल भइरहेको छ।
  • प्रतियोगितामा सयभन्दा बढी खेलाडी सहभागी हुने अनुमान छ र यसले जैविक विविधता संरक्षण तथा स्थानीय पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

काठमाडौँ । पानीको सतहमा ढुङ्गा चिप्ल्याएर सकेसम्म टाढा पुर्‍याउने परम्परागत सिपलाई अब प्रतियोगितात्मक रूपमा अघि बढाउने तयारी भइरहेको छ । चतरा हाइकिङ समूहले यही उद्देश्यका साथ तेस्रो पानी सुल्के प्रतियोगिता ३, मंसिर बुधबार बराहक्षेत्र नगरपालिका–१, अमाहा सिमसार तालस्थित आयोजना गर्न लागेको हो ।

‘पानी सुल्के’ भनेर चिनिने यो खेललाई अंग्रेजीमा ‘स्टोन स्किपिङ (स्किमिङ)’ भनिन्छ। अमेरिका, आयरल्यान्ड र स्कटल्याण्डलगायत देशमा यो खेलका विश्वस्तरका प्रतियोगिता हुँदै आएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड अनुसार सन् २०१३ मा अमेरिकी नागरिक कर्ट स्टेइनरले पानीको सतहमा ढुङ्गा ८८ पटक उफारेर विश्व रेकर्ड बनाएका थिए ।

नेपालमा नौलो मानिएको यो प्रतियोगिताको पहिलो र दोस्रो संस्करण चतरा हाइकिङ समूहले चतरा नहरको फराकिलो दहमा आयोजना गरेको थियो। पहिलो प्रतियोगिता २०८० कात्तिक २८ गते भएको थियो, जहाँ राहुल लिम्बू लगातार दुई संस्करणका विजेता बनेका थिए।

तेस्रो संस्करणमा विभिन्न जिल्लाका सयभन्दा बढी खेलाडी सहभागी हुने आयोजकको अनुमान छ। यसपटकको नारासमेत अर्थपूर्ण छ — ‘जैविक विविधताको संरक्षण, स्थानीय पर्यटनको प्रवर्द्धन।’

कार्यक्रम संयोजक लक्ष्मण कट्वालका अनुसार प्रतियोगिता अमाहा सिमसार, अमाहा सामुदायिक वन उपभोक्ता समूह र लायन्स क्लब अफ तरहराको सहकार्यमा सञ्चालन हुने छ। करिब ५२ हेक्टरमा फैलिएको अमाहा सिमसार कोशी प्रदेशकै सबैभन्दा ठूलो र फराकिलो सिमसार क्षेत्र मानिन्छ।

आयोजक चतरा हाइकिङ समूहका संस्थापक भीषण राईका अनुसार यो खेललाई आगामी दिनमा **राष्ट्रिय खेलकुद परिषद् (राखेप)**मा सूचीकृत गर्न र अन्तर्राष्ट्रिय स्तरका खेलाडी सहभागी हुने वातावरण तयार गर्न पहल भइरहेको छ।

पानी सुल्के खेल सामान्यतया नदी, पोखरी, ताल र नहरमा खेलिन्छ। गोलो र चेप्टो ढुङ्गालाई पानीमा हुइँक्याएर सतहमा उफ्रने संख्याको आधारमा अंक दिइन्छ। यो खेल अब मनोरञ्जन मात्र नभई स्थानीय पर्यटन र खेलकुद प्रवर्द्धनको नयाँ माध्यम बन्दै गएको आयोजकहरूको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?