+
+

ह्वाट्सएपमा नयाँ फिचर : मिल्ने छैन प्रोफाइल फोटोको स्क्रिनसट लिन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १३:०७

काठमाडौं । मेसेजिङ एप ह्वाट्सएपले आफ्नो प्लाटफर्ममा नयाँ नयाँ फिचर थप्दै आएको छ । पछिल्लो केही समययता कम्पनीले लगातार आफ्नो प्लाटफर्ममा सेक्योरिटी तथा प्राइभेसीसँग सम्बन्धित फिचर जोडिरहेको छ । यद्यपि धेरै मानिसहरुलाई चाहिँ आफ्नो प्रोफाइल तस्वीरको गोपनीयतालाई लिएर चिन्ता कायमै रहन्छ । आम प्रयोगकर्ताको चिन्ता चाहिँ कतै कसैले उनीहरुको तस्वीरको स्क्रिनसट लिइरहेको त छैन भन्ने हो ।

भलै अहिलेसम्म ह्वाट्सएपममा तपाईंको प्रोफाइल फोटोको स्क्रिनसट जो कसैले पनि लिन सक्दथ्यो । तर कम्पनीले यसरी जोकसैको प्रोफाइल तस्वीरको स्क्रिनसट लिन बन्देज लगाउने विषयमा लामो समयदेखि काम गर्दै आइरहेको थियो । अब ह्वाट्सएपले यो फिचर लागू गर्न सुरु गरेको छ ।

यो फिचरलाई ह्वाट्सएपले लामो समयदेखि बिटा भर्सनमा परीक्षण गरिरहेको थियो र अन्ततः यसलाई आम प्रयोगकर्ताका लागि जारी गरिदिएको हो । यद्यपि यो एउटा सर्भर साइड अपडेट हो र विस्तारै विश्वभरका प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।

यो फिचरसँगै अब तपाईंको ह्वाट्सएपमा रहेको प्रोफाइल तस्वीरको स्क्रिनसट लिन कसैले सक्नेछैन । यो फिचर डिफल्ट रुपमा रहनेछ र त्यसलाई डिसेबल गर्न सकिने छैन । यदि अरु कसैले तपाईंको ह्वाट्सएपको डिपीको स्क्रिनसट लिँदा त्यसमा एउटा कालो स्क्रिनसट मात्रै सेभ हुनेछ ।

यसअघि प्रयोगकर्तालाई ह्वाट्सएपमा प्रोफाइल पिक्चर सेभ गर्ने विकल्प थियो । वास्तवमा यो गोपनीयताको हनन थियो । सोही कारण ह्वाट्सएपले यसलाई छिटै हटायो । तर प्रयोगकर्ताले स्क्रिनसट लिएर अरु कसैको प्रोफाइल पिक्चर सेभ गर्न सक्दथे । तर अब नयाँ फिचरसँगै स्क्रिनसटबाट पनि प्रोफाइल तस्वीर सेभ गर्न सकिने छैन । यसले ह्वाट्सएप प्रयोगकर्ताको प्राइभेसीलाई झनै मजबुत बनाउने अपेक्षा कम्पनीको छ ।

–एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?