+
+

आवश्यकताभन्दा धेरै चलाउँदा आफैं बन्द हुनेछ इन्स्टाग्राम, यसरी सेट गर्नुहोस् टाइमर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १३:५६

सोसल मिडिया प्लाटर्फम इन्स्टाग्राम सबै उमेरका प्रयोगकर्ताबीच निकै लोकप्रिय एप हो । इन्स्टाग्राममा करोडौं मानिसहरुले हरक्षण आफ्ना तस्वीर, भिडियो तथा रील्स पोस्ट गरिरहेका हुन्छन् ।

इन्स्टाग्राम जस्ता सोसल मिडियाको प्रयोग मानिसहरुले एक अर्कासँग जोडिन वा सम्पर्कमा रहनका लागि गर्दछन् । तर, यी प्लाटर्फमको दुर्गुण भनेकै प्रयोगकर्ताहरुमा यसको लत लाग्नु नै हो ।

क्तिपय मानिसहरुमा इन्स्टाको लत नै हुन्छ र अधिकांश समय इन्स्टाग्राममै बिताइदिन्छन् । उनीहरुले खासगरी इन्स्टाग्राममा रील्स हेरेर घण्टौं बिताउँछन् ।

यसो गर्दा उनीहरुको मूल्यवान समय बर्बाद हुन्छ।

यदि तपाईंमा पनि दैनिक घण्टौंसम्म इन्स्टाग्राममा भुल्ने बानी छ तर आफ्नो फोनबाट इन्स्टाग्राम एप डिलिट गर्न पनि चाहनुहुन्न भने आफैंमाथि नियन्त्रण कायम गर्ने उपाय अबलम्बन गर्न सक्नुहुन्छ ।

अर्थात् यदि तपाईं इन्स्टाग्रामबाट केही समय ब्रेक लिन चाहनुहुन्छ तर पूर्णरुपमा अलग्गिन पनि चाहनुहुन्न भने तपाईंले एपका लागि टाइमर सेट गर्न सक्नुहुन्छ ।

यसको सबैभन्दा ठूलो फाइदा भनेको तपाईंले तय गरेको समय सीमापछि फोनमा चलाइरहेको इन्स्टाग्राम एप आफैं बन्द हुन्छ।

यो निकै सजिलो छ र यसबाट तपाईंले आफ्नो मूल्यवान समय बचाउन सक्नुहुन्छ । आइफोन र एन्ड्रोइडमा इन्स्टाग्रामको टाइमर सेट गर्ने तरिका यस्तो छ :

आइफोन प्रयोगकर्ताका लागि

  • सबैभन्दा पहिले आफ्नो आइफोनको Settings मा जानुहोस्
  • स्क्रिनमा तल स्क्रोल गर्नुहोस् र Screen Time मा ट्याप गर्नुहोस्
  • यदि तपाईंले अहिलेसम्म स्क्रिनमा टाइम सक्रिय बनाउनुभएको छैन भने Turn On Screen Time अप्सनमा ट्याप गर्नुहोस् र अघि बढ्नुहोस्
  • त्यसपछि स्क्रिनको माथिल्लो भागमा देखिएको डिभाइसको नाम छनोट गर्नुहोस्
  • App Limits मा गएर Add Limit मा ट्याप गर्नुहोस्
  • त्यहाँ Social Networking अप्सन छान्नुहोस् वा All Apps and Categories मा गएर इन्स्टाग्राम खोज्नुहोस्
  • अनि इन्स्टाग्राम छानेर समय सीमा सेट गर्नुहोस्
  • त्यसरी छानिएको टाइम लिमिट सुरक्षित गर्नका लागि Add अप्सनमा ट्याप गर्नुहोस् ।

एन्ड्रोइड प्रयोगकर्ताका लागि

  • सबैभन्दा पहिले आफ्नो स्मार्टफोनको Settings मा जानुहोस्
  • त्यहाँ तपाईंले Digital Wellbeing and Parental Controls अप्सन देख्नुहुनेछ, त्यसमा ट्याप गर्नुहोस्
  • यदि तपाईंले अहिलेसम्म यो अप्सन सेट गर्नुभएको छैन भने निर्देशनलाई अबलम्बन गर्दै सेट गर्नुहोस्
  • त्यसपछि Dashboard वा Your Digital Wellbeing tools अप्सनमा ट्याप गर्नुहोस्
  • त्यसपछि एपहरुको सूचिमा इन्स्टाग्राम खोज्नुहोस्
  • इन्स्टाग्रामको अगाडि देखिने Set Timer वा App Timer अप्सनमा ट्याप गर्नुहोस्
  • त्यसपछि समयसीमा सेट गर्नुहोस्
  • टाइम लिमिट सेट गर्नका लागि Ok वा Set मा क्लिक गर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?