+
+
Shares

इन्स्टाग्राम अकाउन्ट बन्द भएपछि रोइन एलिजे, भन्छिन्- ५ वर्षको मिहेनत सेकेन्डमै गयो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १३:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कन्टेन्ट क्रिएटर एलिजे जमालीको इन्स्टाग्राम एकाउन्ट कपिराइट क्लेमपछि सस्पेन्ड भएको छ।
  • पाँच वर्षको मेहनत सेकेन्डमै गुमेको भन्दै एलिजेले युट्युब भिडियोमा रोएर जानकारी दिएकी छन्।
  • एकाउन्ट फिर्ता नआए जिरोबाट इन्स्टाग्राम पुनः सुरु गर्ने उनले बताएकी छन्।

काठमाडौं । नेपाली दर्शकमाझ चर्चित कन्टेन्ट क्रिएटर एलिजे जमाली विवाहपछि पछिल्लो समय नेपालमा बस्दै आएकी छिन् । उनका श्रीमान आयुषसिंह ठकुरी पनि कन्टेन्ट क्रिएटर हुन् ।

टिकटक, रिल्स र युट्युबमा आफ्ना भिडियो र लाइभ कन्टेन्टमार्फत चर्चामा रहने एलिजेको इन्स्टाग्राम एकाउन्ट भने सस्पेन्ड भएको छ । केही दिनअघि उनको इन्स्टाग्राम एकाउन्ट ब्यान्ड भएको छ ।

त्यसपछि उनले युट्युबमा भिडियो पोस्ट गर्दै आफ्नो इन्स्टाग्राम एकाउन्ट बन्द भएको जानकारी दर्शकलाई दिएकी छन् । ‘पाँच वर्षको कडा मिहेनत सेकेन्डभरमै गयो’ शीर्षकसहित उनले युट्युबमा भिडियो हालेकी छिन् ।

आफ्नो एकाउन्टविरुद्ध कपिराइट क्लेम भएपछि बन्द भएको कुरा एलिजेले भिडियोमा बताएकी छिन् । यी कुरा भनिरहँदा उनी डाँको छोडेर रोएकी पनि छिन् । आफूले अर्गानिक पोस्ट इन्स्टाग्राममा हाल्ने गरेको दाबी पनि उनको छ ।

यदि एकाउन्ट फिर्ता नआएपनि पुनः जिरोबाट इन्स्टाग्राम एकाउन्ट सुरु गर्ने उनले बताएकी छन् । उनको त्यो इन्स्टाग्राम एकाउन्टमा ५ लाख ६० हजार सब्सक्राइबर र १०८९ वटा भिडियो थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?