News Summary
Generated by OK AI. Editorially reviewed.- पर्साको विन्दवासिनी गाउँपालिका–२ ढोङ्गही खोलामा डुबेर बहुदरमाई नगरपालिका–१ का करिब ६० वर्षीय ब्रह्मदेव राउत अहिरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
- भैँसी चराउन गएका अहिर बेपत्ता भएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरेको थियो ।
- खोजीका क्रममा खोलामा डुबेको अवस्थामा अहिरको शव फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।
७ भदौ, वीरगञ्ज । पर्सामा खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।
बहुदरमाई नगरपालिका–१ निवासी अन्दाजी ६० वर्षीय ब्रह्मदेव राउत अहिरको विन्दवासिनी गाउँपालिका–२ ढोङ्गही खोलामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
भैँसी चराउन जाने क्रममा उनी बेपत्ता भएका थिए ।
बेपत्ता भएको जानकारी पाएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले अहिरको खोजी गरेको थियो ।
खोजीको क्रममा खोलामा डुबेको अवस्थामा अहिरको शव फेला परेको सशस्त्रका प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4