प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको गौरीगंगा नगरपालिका–८ मा खोलामा नुहाउने क्रममा १२ वर्षीय सलिम धामीको डुबेर मृत्यु भएको छ ।
- स्थानीय मेडिकलमा उपचारका क्रममा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरासिंह महराले जानकारी दिनुभयो ।
- घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
१७ साउन, धनगढी । कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
गौरीगंगा नगरपालिका–८, लिक्मास्थित साथीहरूसँगै खोलामा नुहाउन गएका बेला स्थानीय गणेशबहादुर धामीका १२ वर्षीय छोरा सलिम धामी डुबेका थिए ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरासिंह महराका अनुसार खबर पाउनेबित्तिकै खटिएको प्रहरी टोलीले उनको उद्धार गरी उपचारका लागि स्थानीय मेडिकल पुर्याएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको डीएसपी महराले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4