+
+
Shares

रुकुमपूर्वको कमलदहमा डुबेर बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १९:५१
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुकुमपूर्वको पर्यटकीय स्थल कमलदहमा नुहाउने क्रममा डुबेर पुथा उत्तरगंगा गाउँपालिका–९ की ८ वर्षीया शाहासी रोकाको मृत्यु भएको छ ।
  • आइतबार साँझ बेहोस भएकी रोकालाई उपचारका लागि रुकुमपूर्व अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

७ असार, रुकुमपूर्व । रुकुमपूर्वको सदरमुकामस्थित पर्यटकीय स्थल कमलदहमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पुथा उत्तरगंगा गाउँपालिका–९ खाराबाङकी अन्दाजी ८ वर्षीया शाहासी रोका रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक लालबहादुर बिकका अनुसार आइतबार साँझ करिब साढे ६ बजे कमलदह तालमा नुहाउने क्रममा रोका डुबेर बेहोस भएकी थिइन् ।

घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उनको उद्धार गरी तत्काल उपचारका लागि रुकुमपूर्व अस्पताल लगिएको थियो।

तर अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?