News Summary
Generated by OK AI. Editorially reviewed.- स्विट्जरल्याण्डमा अमेरिकासँग हुने वार्तामा इजरायल र हिजबुल्लाहबीचको द्वन्द्व मुख्य विषय हुने इरानले जनाएको छ ।
- इजरायलले लेबनानसम्बन्धी प्रतिबद्धता उल्लङ्घन गरेकाले सो विषय वार्ताको प्रमुख एजेन्डा बनेको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाइले बताए ।
- उक्त वार्तामा इरानको रोक्का सम्पत्ति फुकुवा गर्ने र तेल बिक्रीको अनुमति दिने विषयमा पनि छलफल हुनेछ ।
तेहरान, ७ असार । इरानले लेबनानमा इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वलाई स्विट्जरल्याण्डमा अमेरिकासँग हुने वार्ताको मुख्य विषय बनाइने जनाएको छ ।
इरानको सरकारी समाचार संस्था ‘इर्ना’ले सार्वजनिक गरेको भिडियो सन्देशमा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाइले इजरायलले लेबनानसम्बन्धी आफ्ना प्रतिबद्धता उल्लङ्घ गरिरहेकाले उक्त विषय वार्ताको प्रमुख एजेन्डा हुने बताए ।
उनका अनुसार वार्तामा इरानका रोक्का तथा प्रतिबन्धित सम्पत्ति फुकुवा गर्ने विषय, साथै इरानी तेल बिक्रीका लागि आवश्यक अनुमति तथा इजाजतपत्र जारी गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।
इरान र अमेरिकाबीच क्षेत्रीय सुरक्षा, आर्थिक प्रतिबन्ध तथा अन्य द्विपक्षीय चासोका विषयमा वार्ता हुन लागेको हो । रासस
प्रतिक्रिया 4