२ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नभएको भए इजरायल पनि नहुने भन्दै बयान दिएका छन् । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई बढी जिम्मेवार हुन सुझाव दिँदै यस्तो बताएका हुन् ।
‘अमेरिकाबिना इजरायल हुँदैनथ्यो । म बिना इजरायल हुँदैनथ्यो,’ फ्रान्समा चलिरहेको जी–७ सम्मेलनमा ट्रम्पले भने, ‘किनकि कोही अरू राष्ट्रपति त्यो गर्न तयार थिएन, जो मैले गरेँ ।’ आफ्नो नेतन्याहुसँग राम्रो सम्बन्ध रहेको उनले दाबी गरे ।
‘मेरो बीबी(नेतन्याहु)सँग राम्रो सम्बन्ध रहँदैआएको छ । तर, अब लेबनानको विषयमा बीबी बढी जिम्मेवार हुनुपर्नेछ,’ ट्रम्पले भनेका छन् ।
आफूलाई लेबनान र हिजबुल्लासँग इजरायलले गरेको व्यवहार मन नपरेको पनि ट्रम्पले बताए । उनले भने, ‘इजरायलले यो काम(सम्झौता) छिटो गर्नुपर्ने थियो, धेरै लामो तानिइसकेको छ ।’ जब यस्तो हुन्छ इरानसँग ठूलो सम्झौतामा नराम्रो असर पर्ने उनले बताए ।
ट्रम्पले आफू मध्यपूर्वको मामिलामा सामेल नभएको भए इजरायल धेरै पनि नष्ट भइसकेको हुने पनि दाबी गरे । ‘मलाई राम्रोसँग थाहा छ, बीबी वासिङ्गटन आएका थिए र उनले ओमाबासँग आग्रह गरेका थिए– उनी सम्झौता नगरुन् । तर, ओबामा इजरायलसँग नभई इरानसँग थिए,’ ट्रम्पले दाबी गर्दै भने ।
ट्रम्पको यो भनाइ अमेरिका र इरानबीच सम्झौता भएपछि आएको हो । जुन सम्झौतालाई इजरायलका कैयौं नेताले स्वीकार गर्न इन्कार गरिरहेका छन् । इजरायली प्रधानमन्त्री नेतन्याहु पनि उक्त सम्झौतासँग असन्तुष्ट रहेको बताइएको छ ।
प्रतिक्रिया 4