+
+
Shares

सुर्खेतमा पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते ८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० स्थित टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा स्थानीय १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना रावत रहेको प्रहरीले जनाएको छ ।
  • अचेत अवस्थामा उद्धार गरिएका उनीहरूलाई प्रदेश अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

७ असार, सुर्खेत । पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालिकाको मृत्युभ एको छ । वीरेन्द्रनगर नगरपालिका-१० पठान टोलकी अन्दाजी १४ वर्षीय सम्झना थापा र १२ वर्षकी कल्पना रावतको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुवै बालिका घर नजिकै रहेको टुनी खोलामा पौडी खेल्न गएका थिए ।

पौडी खेल्ने क्रममा डुबेका उनीहरुलाई अचेत अवस्थामा उद्धार गरी प्रदेश अस्पताल कालागाउँ पुर्‍याइएको थियो । अस्पतालमा शनिबार साँझ नै चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?