+
+
Shares

हेटाैंडाकाे कर्रा खोलामा डुबेर १४ वर्षीय बालकको मृत्यु

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ रोएनी कोलेनीस्थित कर्रा खोलाको छेउमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २ गते १५:२९

२ साउन, हेटाैंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ रोएनी कोलेनीस्थित कर्रा खोलाको छेउमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज शनिबार दिउँसो करिब सवा १ बजे साथीहरूसँग पौडी खेल्ने क्रममा हेटौंडा उपमहानगरपालिका-१७ घर भएका केशब राईका अन्दाजी १४ वर्षीय छोरा युकेश राई डुबेर बेपत्ता भएका थिए ।

खोजीका क्रममा युकेश डुबेको स्थानमै फेला परेका थिए। दिउँसो २ बजे उनको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेकाे प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

मृतक बालकको शव हेटौंडा अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी काफ्लेले बताए । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी चौघडाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यसपछि स्थानीयवासी, जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश विपद् व्यवस्थापन प्रहरी गुल्म हेटौंडा तथा सशस्त्र प्रहरीको समन्वयमा खोजी कार्य सञ्चालन गरिएको थियो ।

यसैबीच, प्रहरीले वर्षायाममा खोलानाला, पानी जमेको खाल्डो तथा डुबान हुन सक्ने स्थानमा पौडी नखेल्न, बालबालिकालाई त्यस्ता जोखिमयुक्त क्षेत्रमा जान नदिन तथा बाढी आएको बेला खोला-खोल्सी र जलमग्न सडक जबर्जस्ती पार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?