News Summary
Generated by OK AI. Editorially reviewed.- संखुवासभाको खाँदबारीमा स्वास्थ्य अवस्था गम्भीर भएकी एक सुत्केरी महिला र उनको नवजात शिशुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
- सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले अत्यधिक रक्तश्राव र श्वासप्रश्वासको समस्याका कारण उनीहरूलाई काठमाडौंस्थित प्रसूति गृह पठाइएको जानकारी दिए ।
- सरकारले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार सेवा उपलब्ध गराउँदै आएको छ ।
१७ साउन, संखुवासभा । स्वास्थ्यमा समस्या देखिएपछि संखुवासभाको खाँदबारीबाट सुत्केरी महिला र नवजात शिशुलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
जिल्ला अस्पताल संखुवासभाबाट सेनाको हेलिकप्टरमार्फत खाँदबारी नगरपालिका–७ की ३३ वर्षीया प्रभा ढुंगाना र उनको नवजात शिशुलाई काठमाडौंको थापाथलीस्थित प्रसूति गृहमा पठाइएको संखुवासभाका साहयक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले बताए ।
जिल्ला अस्पताल सङ्खुवासभामा शल्यक्रियामार्फत ढुंगानाले आइतबार बिहान ११ बजे बच्चा जन्माएकी थिइन् । तर अत्यधिक रक्तश्रावका कारण प्रभाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र नवजात शिशुलाई समेत श्वास प्रश्वासमामा समस्या देखिएपछि हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौं पठाइएको उनले बताए ।
सरकारले दुर्गम क्षेत्रका ज्यान जाखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई नि:शुल्क हवाई उद्दार गरी तोकिएका अस्पतालमा पुर्याउने व्यवस्था मिलाउने गरेको छ ।
प्रतिक्रिया 4