+
+

तपाईंले पठाएको जिमेल सम्बन्धित व्यक्तिले कहिले पढ्यो ? यसरी पत्ता लगाउनुहोस्

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १२:१३

तपाईंहामी सबैले इमेलको प्रयोग गर्दछौं । यद्यपि ह्वाट्सएपको लोकप्रियतासँगै इमेलको प्रयोग केही कम भएको छ ।

यसको प्रमुख कारणचाहिं कसैलाई पठाएको डकुमेन्ट सम्बन्धित व्यक्तिले हेर्‍यो कि हेरेन भन्ने कुरा ह्वाट्सएपमा थाहा पाउन सकिन्छ ।

हुनत ह्वाट्सएपमा पनि यो सुविधा उपलब्ध हुन्छ, तर धेरैजसो मानिसहरुलाई भने यसबारेमा थाहा छैन । आफूले पठाएको इमेल सम्बन्धित मानिसले पढ्यो कि पढेन र पढ्यो भने कुन समयमा पढ्यो ? भन्ने कुरा थाहा पाउने उपाय यस्तो छ :

Here how to know when is your gmail read all you need to know in hindi

  • सबैभन्दा पहिले आफ्नो ल्यापटप वा कम्प्युटरमा गुगल क्रोम ब्राउजर खोल्नुहोस् र त्यसको दायाँतर्फ माथिल्लो भाग रहेको तीनवटा थोप्लावाला आइकनमा क्लिक गर्नुहोस् । अनि more tools मा क्लिक गरी Extension अप्सनमा क्लिक गर्नुहोस् ।Here how to know when is your gmail read all you need to know in hindi
  • त्यसपछि स्क्रिनमा एउटा विन्डो खुल्नेछ । त्यसको तल्लो भागमा रहेको Get more extensions मा क्लिक गर्नुहोस् । त्यसपछि सर्च बारमा Mailtrack for Gmail & Inbox: Email tracking लेखेर सर्च गर्नुहोस् ।

Here how to know when is your gmail read all you need to know in hindi

  • अनि त्यसलाई डाउनलोड गर्नुहोस् र क्रोममा इन्स्टल गर्नुहोस् । त्यसपछि तपाईंसँग जिमेल लगइन मागिनेछ । त्यहाँ जिमेल लगइन गरी activate mailtrack मा क्लिक गर्नुहोस् । एक्टिभेट भएसँग Allow अप्सनमा क्लिक गर्नुहोस् ।

Here how to know when is your gmail read all you need to know in hindi

  • त्यसपछि जिमेलवाला ट्याबमा जानुहोस् र कसैलाई इमेल पठाउनुहोस् । अब तपाईंले पठाएको इमेल सम्बन्धित व्यक्तिले पढेसँगै नोटिफिकेसन आउनेछ । साथै तपाईंको इमेलको इनबक्सको अगाडि ह्वाट्सएपमा जस्तो दुईवटा ब्लूटिक देखिनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?