+

कक्षा ११ मा भर्ना हुँदै कप्तान इन्दु बनिन् युनिभर्सल कलेजको ब्राण्ड एम्बासडर

२०८२ असार  १८ गते १९:१९ २०८२ असार १८ गते १९:१९
कक्षा ११ मा भर्ना हुँदै कप्तान इन्दु बनिन् युनिभर्सल कलेजको ब्राण्ड एम्बासडर

१८ असार, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बासडर नियुक्त भएकी छन् ।

काठमाडौंको मैतिदेवीमा सञ्चालित युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु वर्मालाई ब्राण्ड एम्बासडर नियुक्त गर्दै कक्षा ११ को व्यवस्थापन संङकायमा भर्ना गरिएको जनाएको छ ।

कप्तान इन्दुलाई एक समारोहका बिच कलेजका प्रिन्सिपल डा. शिवदत्त ज्ञवाली, नेटवर्क डाइरेक्टर राजु टण्डन, एकेडेमिक इन्चार्ज तिर्थराज घिमिरे लगायतले स्वागत गरेका थिए ।

कप्तान इन्दुको नियुक्तिले खेलकुद तथा अध्ययनलाई सँगसँगै अगाडि बढाउन खोज्ने आम विद्यार्थीलाई प्रेरणाको श्रोत हुने विश्वास गरिएको छ ।

यस्तै वर्मालाई शैक्षिक तथा खेल जीवनकालागि आवश्यक सबै किसिमको सहयोग गरिने प्रतिबद्धता प्रिन्सिपल डा. ज्ञवालीले व्यक्त गरे ।

‘२८ वर्ष लामो गौरवमय शैक्षिक इतिहास बोकेको कलेजको ब्राण्ड एम्वासाडर तथा विद्यार्थी हुन पाउँदा मलाई मेरो खेल जीवन र अध्ययनमा थप आत्मविश्वास तथा हौसलामिलेको छ । ‘इन्दुले भनिन् ।

कप्तान इन्दुको नियुक्तिले आम नेपाली युवामा खेलकुद र शिक्षा सँगसँगै सफल हुन सक्छ भन्ने विश्वासको भावना विकास हुने आशा गरिएको छ ।

इन्दु वर्मा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय