+
+

यस्तो हुनेछ आइफोन १६, लिक भयो तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १२:४६

काठमाडौं । एप्पल आइफोनको बहुप्रतिक्षित नयाँ संस्करण आइफोन १६ सिरिजका बारेमा विभिन्न समाचारहरु सार्वजनिक हुन थालेका छन् ।

पछिल्लोपटक सार्वजनिक भएको तस्वीरले आगामी सेप्टेम्बरमा लञ्च हुने अपेक्षा गरिएको आइफोन १६ को डिजाइनको बारेमा खुलासा गरिदिएको छ । जस अनुसार आइफोन १६ को क्यामरा मोड्युल आइफोन ११ र आइफोन १२ जस्तै हुनेछ ।

आइफोन १६ मा भर्टिकल क्यामरा मोड्युल हुनसक्नेछ, जुन आइफोन १२ मा थियो । यसका अलावा फोनको क्यामरा डिजाइन केही हदसम्म आइफोन एक्स सिरिजबाट पनि प्रभावित हुनेछ ।

इसको अर्थ एप्पलको आगामी आइफोन १६ सिरिज एकअर्थमा आइफोन एक्स र आइफोन १२ को मिश्रणको रुपमा रहनेछ । यद्यपि यसको फ्रन्ट अर्थात् अगाडि पट्टिको भाग भने नितान्त फरक हुनेछ ।

सोसल मिडियामा आइफोन १६ का विषयमा विभिन्न मिमहरु प्नि बनिरहेका छन् । जसमा आइफोन १२ प्रयोगकर्ताहरुले आइफोन १३, १४ र १५ का प्रयोगकर्ताहरुको खिल्ली उडाइरहेका छन् । आइफोन १६ मा हुने भनिएको क्यामरा डिजाइनलाई लिएर आइफोन १२ का प्रयोगकर्ता मख्ख छन् ।

आइफोन १६ मा ६.१ इन्च र आइफोन १६ प्लसमा ६.७ इन्चको डिस्प्ले हुनेछ । त्यस्तै आइफोन १६ प्रो मा ६.३ इन्चका साथै आइफोन १६ प्रो म्याक्समा ६.९ इन्चको डिस्प्ले हुने बताइएको छ ।

आइफोन १६ को प्रो सिरिजपमा ए १८ प्रो चिपसेट हुनेछ । त्यस्तै नन प्रो भेरियन्टमा चाहिँ ए १७ चिपसेट हुनेछ । यसका अलावा आइफोन १६ सिरिजमा ४८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल क्यामरा लेन्स हुने अपेक्षा गरिएको छ । यसमा ठूलो ब्याट्री र चार्जिङ क्षमता पनि उच्च हुनेछ ।

लिक भएको रिपोर्ट अनुसार आइफोन १६ प्रो म्याक्समा ४६७६ मिलिएम्पियर आवर क्षमताको ब्याट्री हुनेछ । त्यस्तै आइफोन १६ मा ३५६१ र आइफोन १६ प्लसमा ४००० एमएएचको ब्याट्री हुनेछ । साथै यसमा ४० वाटको वायर्ड चार्जिङ र २० वाटको मेगासेफ चार्जिङ उपलब्ध हुनेछ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?