+
+
Shares

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध आइफोन बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते १०:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देही प्रहरीले भारतबाट भन्सार छली नेपाल ल्याउँदै गरेको करिब २० लाख ५० हजार मूल्य बराबरको ३५ थान आइफोन बरामद गरेको छ ।
  • इलाका प्रहरी कार्यालय मझगावाँको टोलीले कोटहीमाई गाउँपालिका-५ स्थित बेनिनगरमा भारतीय नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उक्त आइफोन फेला पारेको हो ।
  • बरामद गरिएका आइफोनसहितको मोटरसाइकललाई थप कारबाहीका लागि प्रहरीले भैरहवा भन्सार कार्यालयमा बुझाएको छ ।

१६ असार, लुम्बिनी । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको करिब रु २० लाख ५० हजार बराबरको आइफोन बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका–५ स्थित बेनिनगरमा सोमबार नेपालतर्फ आउँदै गरेको युपी ५६ डिएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्दा विभिन्न मोडेलका आइफोन फेला पारी बरामद गरिएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रहरीले विभिन्न मोडलका ३५ थान आइफोन बरामद गरी मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?