+
+

एक्समा अब सबैले अडियो र भिडियो कल गर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १८:५९

काठमाडौं । एलन मस्कले सोसल मिडिया प्लाटफर्म एक्स (साविक ट्वीटर) का विषयमा एउटा निकै लोकप्रिय तथा बहुप्रतिक्षित घोषणा गरेका छन् । यो सँगै अब एक्सका सबै खाले प्रयोगकर्ताले अडियो तथा भिडियो कलिङ फिचरको प्रयोग गर्न पाउनेछन् ।

पहिले यो फिचर केवल ब्लु टिक सशुल्क प्रयोगकर्ताका लागि मात्र सिमित भएकोमा अब आम एक्स प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।

एक्स प्लाटफर्म इन्जिनियर इनरिक ब्यारागनले यसको घोषणा गरेका छन् । उनले भनेका छन्, ‘हामीले गैर प्रिमियम प्रयोगकर्ताका लागि यसको सुरुवात गर्न गईरहेका छौँ । यसको अनुभव गर्नुहोस् । अब यसको सहयोगबाट प्रयोगकर्ताले जो कसैलाई पनि कल आदि गर्न सक्नेछन् । यदि तपाइँकोमा यो फिचर अहिलेसम्म पुगेको छैन भने एक्स एप अपडेट गर्नुहोस् । त्यसो गर्दा पनि आएन भने केही समय पर्खिनुहोस् ।’

स्मरण रहोस् एक्समा गतवर्ष अडियो तथा भिडियो कलिंग फिचर सुरु भएको थियो । पहिलो चरणमा आइओएस प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध गराइएकोमा यहीँ वर्षको सुरुवातमा एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि जारी गरिएको थियो । यद्यपि यो अहिलेसम्म केवल एक्सका प्रिमिय सब्सक्राइबरमा मात्रै सिमित थियो ।

गत जनवरीको अन्त्यतिर एलन मस्कले यो फिचर आम स्तरमै लागू गरिने संकेत गरिसकेका थिए ।यद्यपि त्यसअघि केही परीक्षण गर्नुपर्नेमा उनको जोड थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?