+
+
Shares

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १८:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कासिम खानले सेप्टेम्बर २७ को पिटिआई प्रदर्शनका क्रममा अडियाला जेलतर्फ मार्च नगर्न समर्थकहरूलाई आग्रह गरेका छन् ।
  • उनले प्रदर्शनलाई आधार बनाएर जेलमा ‘प्रतिआक्रमण’ हुनसक्ने र इमरान खानको जीवन जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् ।
  • पञ्जाबमा सेप्टेम्बर २३ देखि अक्टोबर ५ सम्म धारा १४४ लागू गर्दै पाँच वा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ ।

९ असोज, इस्लामावाद (रासस/एएनआई) । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले सेप्टेम्बर २७ मा पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)ले गर्ने विरोध प्रदर्शनका क्रममा अडियाला जेलतर्फ मार्च नगर्न समर्थकहरूलाई आग्रह गरेका छन्। उनले प्रदर्शनलाई आधार बनाएर जेलमा ‘प्रतिआक्रमण’ हुनसक्ने र त्यसबाट आफ्ना बुबाको जीवन जोखिममा पर्न सक्ने चेतावनी दिएका हुन्।

सामाजिक सञ्जाल एक्समार्फत कासिमले जेलनजिक पदयात्रा वा प्रदर्शन नगर्न आफूलाई निर्देशन दिइएको बताउँदै विरोधका क्रममा आफ्ना बुबासँग कुनै ‘दुर्घटना’ हुने अवस्था सिर्जना नगर्न आग्रह गरे। इमरान खान सन् २०२३ को अगस्टदेखि विभिन्न मुद्दामा दोषी ठहरिएपछि जेलमा रहका छन्।

यसैबीच, पिटिआईको प्रदर्शनलाई ध्यानमा राख्दै पञ्जाबमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रान्तीय सरकारले सेप्टेम्बर २३ देखि अक्टोबर ५ सम्म धारा १४४ लागू गर्दै पाँच वा सोभन्दा बढी मानिस भेला हुन प्रतिबन्ध लगाएको छ । रावलपिन्डी, अटक, झेलम र मियाँवालीमा पाकिस्तानी रेन्जर्स परिचालन गर्नसमेत माग गरिएको छ ।

प्रान्तीय सूचनामा आतङ्कवादी सङ्गठन तथा शत्रुतापूर्ण गुप्तचर निकायबाट सार्वजनिक शान्ति र सुरक्षामा ‘गम्भीर र आसन्न खतरा’ रहेको उल्लेख गरिएको छ ।

प्रदर्शनको तयारीसँगै इमरानका बहिनीहरू अलीमा, उज्मा र नोरीनको हिरासतको विषय पनि चर्चामा छ । उज्मा र नोरीनलाई ३० दिनका लागि हिरासतमा राखिएको छ भने लाहोर उच्च अदालतले उनीहरूको नजरबन्द आदेश तत्काल निलम्बन गर्न अस्वीकार गर्दै अधिकारीहरूको जवाफ मागेको छ ।

पाकिस्तानी अधिकारीहरूले प्रदर्शनअघि लगाइएका प्रतिबन्धलाई सार्वजनिक व्यवस्था र सुरक्षा कायम गर्ने उपायका रूपमा व्याख्या गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?