+
+

च्याट जिपिटीका संस्थापक कसरी बने २ अर्ब डलरका मालिक ? एलन मस्कले हाले मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १३:४५

च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईका सहसंस्थापक तथा सीईओ साम अल्टम्यानको कुल सम्पत्ति दुई अर्ब डलर नाघेको छ । यद्यपि अचम्मको कुरा के छ भने उनी विश्वको सबैभन्दा चर्चित आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीको ओपन एआईका पर्यावाची भएतापनि उनको अर्बौं सम्पत्तिमा उक्त कम्पनीको योगदान छैन ।

मिडिया रिपोर्ट अनुसार साम अल्टम्यानको एआई स्टार्टअप ओपनएआईमा कुनै हिस्सेदारी नै छैन । उनको सम्पत्तिको ठूलो अंश भेन्चर क्यापिटल फण्ड र अन्य विभिन्न स्टार्टअपहरुमा गरिएको लगानी नै हो ।

उनले सोसल साइट रेडिटमा पनि लगानी गरेका छन् र सो कम्पनीको शेयर छिटै नै जारी हुने क्रममा छ । त्यसैले आगामी महिनामा उनको सम्पत्तिमा उल्लेख्य वृद्धि हुने पक्कापक्की छ ।

हाल ओपन एआई कम्पनीको कुल मूल्यांकन ८६ अर्ब डलर आँकलन गरिएको छ । तर, कम्पनीको सीईओ भैकन पनि ओपन एआईमा साम अल्टम्यानको कुनै हिस्सेदारी छैन । ओपन एआईमा सबैभन्दा ठूलो हिस्सेदारी ४९ प्रतिशत माइक्रोसफ्टको रहेको छ ।

साम अल्टम्यानको कूल सम्पत्तिमध्ये एक अर्ब २० करोड डलर भेन्चर क्यापिटल फण्डबाट आउँछ । त्यस्तै ४३ करोड डलर एपोलो प्रोजेक्टमा लगानी छ भने रेडिटमा उनको हिस्सेदारी ८.७ प्रतिशत छ । त्यस्तै अल्टम्यानले न्युक्लियर फ्युजन कम्पनी हेलियोन इनर्जी इंकमा ५० करोड डलर लगानी गरेका छन् । त्यसैगरी १८ करोड डलर उनले रेट्रो बायोसाइन्स कम्पनीमा लगानी गरेका छन् ।

मस्कले हाले अल्टम्यानविरुद्ध मुद्दा

यसैबीच टेस्ला तथा सोसल मिडिया कम्पनी एक्सका मालिक एलन मस्कले ओपन एआई र त्यसका सीईओ अल्टम्यानमाथि मुद्दा दायर गरेका छन् ।

सम्झौताको उल्लंघन गरेको आरोपमा मस्कले अल्टम्यानलगायतलाई मुद्दा हालेका हुन् । यद्यपि यस विषयमा हालसम्म मस्क र अल्टम्यान कसैले पनि सार्वजनिक रुपमा बोलेका छैनन् ।

एक समाचार अनुसार सन् २०१५ मा ओपन एआईका संस्थापकहरु ग्रेग ब्रकम्यान र साम अल्टम्यानले गैरनाफामूलक कम्पनी स्थापनाका लागि एलन मस्कसँग सम्पर्क गरेका थिए ।

मानवजातिको फाइदाका लागि एआईमा आधारित प्रविधिको विकास गर्नका लागि उक्त कम्पनीको स्थापना गरिएको थियो । यद्यपि ओपन एआईलाई नाफा कमाउनतर्फ केन्द्रित गरिएपछि मस्कसँगको सम्झौता टुट्यो । सोही विषयमा मस्कले अल्टम्यान र ओपन एआईको विरुद्धमा मुद्दा दायर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?