News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरको सानागाउँमा स्कुटर आफैं अनियन्त्रित भई पल्टिँदा २६ वर्षीय आशिष मगरको मृत्यु भएको छ ।
- इमाडोलबाट लुभुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५९ प २९३८ नम्बरको स्कुटर शनिबार बेलुका करिब सवा सात बजे दुर्घटना भएको थियो ।
- प्रहरीका अनुसार किस्ट मेडिकल कलेजमा उपचारको क्रममा गएराति ८:२५ बजे मगरको मृत्यु भएको हो ।
११ असोज, काठमाडौं । ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।
इमाडोलबाट लुभुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५९ प २९३८ नम्बरको स्कुटर शनिबार बेलुका करिब सवा सात बजे आफैं अनियन्त्रित भई पल्टिँदा चालकको ज्यान गएको हो ।
दुर्घटनामा ललितपुर महानगरपालिका ३ बस्ने २६ वर्षीय आशिष मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
प्रहरीका अनुसार उनको किस्ट मेडिकल कलेजमा उपचारको क्रममा गएराति ८:२५ बजे मृत्यु भएको हो । उनको टाउकोमा गम्भिर चोट लागेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4