प्रतिकात्मक तस्वीर ।
१७ साउन, काठमाडौं । ललितपुरको टीकाभैरवमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते भएकी छिन् ।
कान्ति लोकपथ खण्डमा प्रदेश ३–०२०–११ प ३४५८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई बाटोबाट अन्दाजी ५० मिटर तल खस्दा धनुषाको ढल्केबर घर भई हाल काठमाडौँको कपन बस्ने ४३ वर्षीय उत्तम लामाको मृत्यु भएको हो ।
हिजो बेलुका पौने ८ बजे भएको सो दुर्घटनामा लामा गम्भीर घाइते भएका थिए । उनलाई उद्धार गरी उपचारका लागि टीकाभैरवस्थित आनन्द वन अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत भएको ललितपुर प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा सिन्धुपाल्चोकको थुम्पाखा गाउँपालिका ३ घर भई हाल काठमाडौंको मैजुबहाल डेरा गरी बस्ने २२ वर्षीया सुजाता कार्की घाइते भएकी छिन् । उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4