+
+

विन्डोजका विषयमा माइक्रोसफ्टको गम्भीर घोषणा, एन्ड्रोइड प्रयोगकर्तालाई झट्का

एजेन्सी एजेन्सी
२०८० फागुन २४ गते १०:५२

माइक्रोसफ्टले हालै एउटा यस्तो घोषणा गरेको छ, जसले एन्ड्रोइड प्रायोगकर्तालाई चिन्तित बनाइदिएको छ।

माइक्रोसफ्टले विन्डोज सबसिस्टम फर एन्ड्रोइड (डब्लुएसए) बन्द गरेको छ । यो भर्चुअल मेसिनको मद्दतले अमेजन एप स्टोर मार्केटप्लेसबाट एन्ड्रोइड एपहरु विन्डोज ११ मा प्रयोग गर्न सकिन्थ्यो ।

अमेजनसँग भएको एक सम्झौता पश्चात् माइक्रोसफ्टले उक्त सपोर्ट बन्द गरेको हो । विन्डोजमा सन् २०२१ देखि एन्ड्रोइड सपोर्ट प्राप्त थियो ।

माइक्रोसफ्टको घोषणा अनुसार गत मंगलबार अर्थात् ५ मार्चदेखि नै विन्डोज ११ का प्रयोगकर्ताहरुले आफ्नो सिस्टममा एन्ड्रोइड एपहरु प्रयोग गर्न पाउनेछैनन् ।

५ मार्चसम्म अमेजन एप स्टोर वा एन्डोइड एप इन्स्टल गरिसकेका प्रयोगकर्ताले भने सन् २०२५ को मार्च ५ सम्म प्रयोग गर्न वा प्राविधिक सहयोग लिन पाउनेछन् । तर अब नयाँ प्रयोगकर्ताले भने विन्डोजमा एन्ड्रोइड एप इन्स्टल गर्न सक्नेछैनन् ।

यस विषयमा अमेजनले पनि विज्ञप्तिमार्फत् जानकारी दिएको छ । अमेजनका अनुसार अब कुनै पनि डेभलपरले उसको एप्लिकेसन स्टोरमा एन्ड्रोइड एप प्रकाशित गर्न सक्नेछैन । तर एप स्टोरमा पहिलेदेखि सूचीकृत भएका डेभलपर्सले भने आगामी वर्षसम्मका लागि अपडेट जारी गर्न सक्नेछन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?