+
+

डिजिटल कर्णाली कन्क्लेभ फागुनमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १६:३८

२९ माघ, सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक ‘डिजिटल कर्णाली कन्क्लेभ–२०२४’ को आयोजना हुने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा हुने दुई दिने कन्क्लेभ हुने भएको हो ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा दुई दिनसम्म चल्ने उक्त कन्क्लेभमा कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्ट थिममा केन्द्रित रहने मन्त्रालयका सूचना अधिकारी रोशन शाहीले जानकारी दिए ।

‘कार्यक्रममा ५० भन्दा बढी विज्ञ र सरोकारवालाहरू वक्ताको रूपमा रहनुहुनेछ,’ सूचना अधिकारी शाहीले भने, ‘कन्क्लेभमा अन्य ६ प्रदेशहरूबाट पनि सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवज्यूहरूलाई पनि निमन्त्रणा गरिनेछ ।’

कन्क्लेभमा ४ वटा महत्वपूर्ण किनोट प्रस्तुति र ६ वटा प्यानलगत छलफल सेसनहरू हुने मन्त्रालयले जनाएको छ । कन्क्लेभमा कर्णाली प्रदेशको डिजिटल अवस्था, प्रयास र सम्भावनाका विषमा पनि छलफल हुने बताइएको छ । डिजिटल रूपान्तरणको प्रतिवद्धता र टेकअवेको रूपमा कार्यक्रमलाई समापन गरिने सूचना अधिकारी शाहीले बताए ।

कर्णालीलाई प्रविधिको माध्यमबाट विकाससँग जोड्ने र डिजिटल रूपान्तरणको बाटोमा डोराउन कन्क्लेभ फलदायी हुने आयोजक संस्थाहरूले दावी छ । २ दिनसम्म चल्ने कन्क्लेभले प्रदेशको लागि डिजिटल रोडम्याप बनाउन सहयोग पुर्‍याउने मन्त्रालयले जनाएको छ ।

कन्क्लेभमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रहरूमा प्रविधिको प्रयोग प्रयोग मार्फत भइरहेका सकारात्मक प्रयासहरूलाई स्टल र छोटो भिडियो प्रस्तुतिको लागि अवसर प्रदान समेत गरिने बताइएको छ ।

डिजिटल कर्णालीको लागि नयाँ आइडिया र भइरहेका इनिसिएटिभहरु वेबसाइट  www.digitalkarnali.org  मार्फत बुझाउन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?