+
+

के जिमेल बन्द हुँदैछ ? यस्तो छ गुगलको जवाफ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते ११:३०

इन्टरनेट जगतको दिग्गज कम्पनी गुगलले बेला बेलामा विभिन्न ठुल्ठुला कदमहरु उठाउने गरेको छ । गुगलले केहीअघि मात्रै अमेरिकामा आफ्नो अनलाइन भुक्तानी सेवा जी पे प्लाटर्फम बन्द गर्न लागेको समाचार सार्वजनिक भएको थियो ।

समाचार अनुसार आफ्नो घाटालाई कम गर्नका लागि गुगलले विभिन्न अहम् कदमहरु चाल्न सक्दछ । त्यसमा जिमेल बन्द गर्ने पनि एउटा विकल्प हुनसक्दछ । गुगलले जिमेल बन्द गर्न लागेको भन्दै सोसल मिडिया प्लाटर्फम एक्समा अफवाहजन्य पोस्ट भाइरल भएको थियो ।

जिमेल नै बन्द गर्न लागेको खबर तीव्र रुपमा फैलिएसँगै गुगलले यस विषयमा सफाइ दिनुपरेको छ ।

गुगलले आफ्नो पेजमा यसबारेमा प्रष्टीकरण दिंदै जिमेल बन्द नहुने बताएको छ । उसले लेखेको छ- Gmail is here to stay. ।

जिमेल सेवा बन्द नहुने भएकाले प्रयोगकर्ताहरु चिन्तित हुनु नपर्ने गुगलले जनाएको छ ।

स्मरण रहोस् विश्वमा एक अर्ब ८० करोडभन्दा धेरै मानिसले जिमेल प्रयोग गर्दछन् । जिमेल सबैभन्दा लोकप्रिय इमेल सेवा हो ।

यद्यपि गुगलले जिमेलको आधारभूत एचटीएमएल भर्सन चाहिं बन्द गर्ने भएको छ ।

गुगलले कुनैबेला निकै चर्चित रहेका एप तथा सर्भिसहरु समेत एकपछि अर्को गरी बन्द गर्दै गएको बेला जिमेलसमेत बन्द गर्ने हल्ला धेरैले पत्याएका हुन् । हालसम्म गुगलले आफ्ना एप, सर्भिस तथा हार्डवेयर गरी २९३ वटा प्रडक्ट बन्द गरिसकेको छ ।

गुगलको इमेल सर्भिस जिमेल सन् २००४ को अप्रिल १ मा सुरु भएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?